2026-07-09 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १४ को निर्वाचनमा शुर्यमा कि हसिया हथौडामा भोट ?

असोज १०, काठमाडौँ | निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्ता गरेका दलको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि सहभागी हुँदैछ । माओवादी केन्द्रले आगाम्मी उपनिर्वाचनमा चुनाव चिन्ह गोलाकार भीत्र हसिया हथौडा नै पाएको छ । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर शुर्य चिन्हमा भोट माग्दै हिड्नेहरुलाई आगामी निर्वाचनमा हसिया हथौडा टाउको दुखाईको बिषय बन्ने बताइएको छ । 'एकीकरण पछि नेकापाको चुनाव चिन्ह सुर्य राखियो र हसिया हथौडा गायव गराइयो  । तर माओवादी केन्द्रले तात्कालिन माओवादी केन्द्रको पुरानै चिन्ह 'गोलाकार भीत्रको हसिया हथौडा' लिएर चुनावी मैदानमा उत्रदै छ, एकता नमान्ने र माओवाद नत्याग्ने जनताले हसिया हथौडामै मतदान गर्छन' माओवादी केन्द्रका एक नेताले बताए ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिभिन्न २१ वटा राजनीतिक दलले निर्वाचन आयोगबाट पाएको चुनावी चिन्हमा २१ नम्बरमा माओवादी केन्द्रले गोलाकार भीत्रको हसिया हथौडा चुनावी चिन्ह प्राप्त गरेका हुन् । दुवै पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकतामा खटपट भईरहँदा माओवादी केन्द्रले चुनाव चिन्ह समेत पुन: स्थापित गरेर उसैको प्रतिद्वन्दीको रुपमा निर्वाचन लड्दा त्यसको प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ । माओवादी केन्द्रले ७७ जिल्लामै माओवादीहरुलाई आफ्नै पार्टीमा फर्काउने अभियान चलाईरहेको बताउदै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले जनतालाई गोलाकार भीत्रकै हसिया हथौडामा मतदान गर्न आव्हान गरेका छन्  ।

प्रचण्डले पार्टी छाडेर एमालेमा आत्मसमर्पण गरेको भन्दै चर्को आलोचना गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले माओवादी केन्द्रको नेतृत्व गर्दै आठौँ महाधिवेशन समेत गत बर्ष पुषमा सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगको ऐन अनुसार दुई पार्टी एकीकरण भएर दलको अस्तित्व समाप्त भएको १ वर्षपछि सोही नाम र चिह्नबाट अर्को दल दर्ता गर्न सकिने व्यवस्था दिएकोले त्यसैलाई टेकेर नाम र चुनाव चिन्ह पाएको हो । तात्कालिन माओवादी केन्द्र रहँदा गोलाकार भीत्रको हसिया हथौडामा मतदान गरेका जनताले आगामी उप निर्वाचनमा पनि सोहि चिन्हमा मत हाल्ने माओवादी केन्द्रका नेताहरुले दावी गरेका छन् । 

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरूलाई आगामी मंसीर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो । 

आयोगले आगामी उपनिर्वाचनका लागि साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।

आगामी १४ मंसिरमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, उपमहानगनर प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष ४३ जना गरी ५२ पदमा निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो