११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १४ को निर्वाचनमा शुर्यमा कि हसिया हथौडामा भोट ?

१० आश्विन २०७६, शुक्रबार १५:२५

असोज १०, काठमाडौँ | निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्ता गरेका दलको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि सहभागी हुँदैछ । माओवादी केन्द्रले आगाम्मी उपनिर्वाचनमा चुनाव चिन्ह गोलाकार भीत्र हसिया हथौडा नै पाएको छ । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर शुर्य चिन्हमा भोट माग्दै हिड्नेहरुलाई आगामी निर्वाचनमा हसिया हथौडा टाउको दुखाईको बिषय बन्ने बताइएको छ । 'एकीकरण पछि नेकापाको चुनाव चिन्ह सुर्य राखियो र हसिया हथौडा गायव गराइयो  । तर माओवादी केन्द्रले तात्कालिन माओवादी केन्द्रको पुरानै चिन्ह 'गोलाकार भीत्रको हसिया हथौडा' लिएर चुनावी मैदानमा उत्रदै छ, एकता नमान्ने र माओवाद नत्याग्ने जनताले हसिया हथौडामै मतदान गर्छन' माओवादी केन्द्रका एक नेताले बताए ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिभिन्न २१ वटा राजनीतिक दलले निर्वाचन आयोगबाट पाएको चुनावी चिन्हमा २१ नम्बरमा माओवादी केन्द्रले गोलाकार भीत्रको हसिया हथौडा चुनावी चिन्ह प्राप्त गरेका हुन् । दुवै पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकतामा खटपट भईरहँदा माओवादी केन्द्रले चुनाव चिन्ह समेत पुन: स्थापित गरेर उसैको प्रतिद्वन्दीको रुपमा निर्वाचन लड्दा त्यसको प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ । माओवादी केन्द्रले ७७ जिल्लामै माओवादीहरुलाई आफ्नै पार्टीमा फर्काउने अभियान चलाईरहेको बताउदै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले जनतालाई गोलाकार भीत्रकै हसिया हथौडामा मतदान गर्न आव्हान गरेका छन्  ।

प्रचण्डले पार्टी छाडेर एमालेमा आत्मसमर्पण गरेको भन्दै चर्को आलोचना गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले माओवादी केन्द्रको नेतृत्व गर्दै आठौँ महाधिवेशन समेत गत बर्ष पुषमा सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगको ऐन अनुसार दुई पार्टी एकीकरण भएर दलको अस्तित्व समाप्त भएको १ वर्षपछि सोही नाम र चिह्नबाट अर्को दल दर्ता गर्न सकिने व्यवस्था दिएकोले त्यसैलाई टेकेर नाम र चुनाव चिन्ह पाएको हो । तात्कालिन माओवादी केन्द्र रहँदा गोलाकार भीत्रको हसिया हथौडामा मतदान गरेका जनताले आगामी उप निर्वाचनमा पनि सोहि चिन्हमा मत हाल्ने माओवादी केन्द्रका नेताहरुले दावी गरेका छन् । 

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरूलाई आगामी मंसीर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो । 

आयोगले आगामी उपनिर्वाचनका लागि साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।

आगामी १४ मंसिरमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, उपमहानगनर प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष ४३ जना गरी ५२ पदमा निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज