११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीको नेपाल भ्रमण र सभामुखको घटनाबारे माओवादी केन्द्रको प्रारम्भिक धारणा सार्वजनिक

२३ आश्विन २०७६, बिहीबार १३:५७

असोज २३, काठमाडौँ | जनगणतन्त्र चीनका राष्ट्रप्रति सी जिन्पिङको नेपाल भ्रमण र सभामुख कृष्ण बहादुर महराको घटनाबारे माओवादी केन्द्रले प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सीको नेपाल भ्रमणप्रति हार्दिक सम्मान व्यक्त गर्दै दुई दशकपछि उत्तरी छिमेकी राष्ट्र प्रमुखले नेपाल भ्रमण नगरेको अवस्थामा सीको नेपाल भ्रमणले अर्थपूर्ण महत्व राख्ने विस्वास व्यक्त गरेको छ ।

माओवादी केन्द्रको बिज्ञप्तिमा उल्लेख छ 'नेपालमा टेकेर चीन हान्ने इन्डो प्यासिफिक रणनीति र त्यस रणनीतिमा खड्ग ओली सरकारको असंवैधानिक संलग्नताले मुख्यतः गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्वको दुश्चक्रमा फसाउने खेल भइरहेको  परिस्थितिमा नेपाली सार्वभौमसत्ताको सम्मान गर्दै आएको छिमेकी राष्ट्र प्रमुखको भ्रमणले नेपालको राष्ट्रिय हित सन्तुलनमा निश्चय नै विशिष्ट महत्व राख्दछ । अतः राष्ट्रपति सीको भ्रमणक्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ ।' 

माओवादी केन्द्रले नेपाली जनता बिरोधी इन्डो प्यासिफिक रननीतिमा संलग्नता खारेजीको आग्रह गर्दै चिनिया विदेश मन्त्रीसँगको भेटमा पूर्व प्रधानमन्त्री प्रचण्डले ‘तथाकथित इन्डो प्यासिफिक रणनीति ’ भनेर साम्राज्यवादी हस्तक्षेप विरुद्व प्रशंसनीय काम गरेको उल्लेख गरेको छ । 

माओवादीले जारी गरेको बिज्ञप्तिमा सभामुख कृष्णबहारदुर महराको घटनामा आधा स्वयंको कम्जोरी र आधा षडयन्त्र भएको सूचना माओवादी केन्द्रले पाएको भन्दै क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भासिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुनसक्ने अनुमान गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

माओवादी केन्द्रको बिज्ञप्तिमा भनिएको छ 'इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत श्री रोशनी शाहीसंगको अनैतिक सम्बन्धको भर्याङ चडेर प्रधानमन्त्री खड्ग ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।  विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।'

माओवादी केन्द्रले महरालाई विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने र पीडित रोशनी शाहीले न्याय पाउनुपर्ने र तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान