२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीको नेपाल भ्रमण र सभामुखको घटनाबारे माओवादी केन्द्रको प्रारम्भिक धारणा सार्वजनिक

२०७६, २३ आश्विन बिहीबार १३:५७

असोज २३, काठमाडौँ | जनगणतन्त्र चीनका राष्ट्रप्रति सी जिन्पिङको नेपाल भ्रमण र सभामुख कृष्ण बहादुर महराको घटनाबारे माओवादी केन्द्रले प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सीको नेपाल भ्रमणप्रति हार्दिक सम्मान व्यक्त गर्दै दुई दशकपछि उत्तरी छिमेकी राष्ट्र प्रमुखले नेपाल भ्रमण नगरेको अवस्थामा सीको नेपाल भ्रमणले अर्थपूर्ण महत्व राख्ने विस्वास व्यक्त गरेको छ ।

माओवादी केन्द्रको बिज्ञप्तिमा उल्लेख छ 'नेपालमा टेकेर चीन हान्ने इन्डो प्यासिफिक रणनीति र त्यस रणनीतिमा खड्ग ओली सरकारको असंवैधानिक संलग्नताले मुख्यतः गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्वको दुश्चक्रमा फसाउने खेल भइरहेको  परिस्थितिमा नेपाली सार्वभौमसत्ताको सम्मान गर्दै आएको छिमेकी राष्ट्र प्रमुखको भ्रमणले नेपालको राष्ट्रिय हित सन्तुलनमा निश्चय नै विशिष्ट महत्व राख्दछ । अतः राष्ट्रपति सीको भ्रमणक्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ ।' 

माओवादी केन्द्रले नेपाली जनता बिरोधी इन्डो प्यासिफिक रननीतिमा संलग्नता खारेजीको आग्रह गर्दै चिनिया विदेश मन्त्रीसँगको भेटमा पूर्व प्रधानमन्त्री प्रचण्डले ‘तथाकथित इन्डो प्यासिफिक रणनीति ’ भनेर साम्राज्यवादी हस्तक्षेप विरुद्व प्रशंसनीय काम गरेको उल्लेख गरेको छ । 

माओवादीले जारी गरेको बिज्ञप्तिमा सभामुख कृष्णबहारदुर महराको घटनामा आधा स्वयंको कम्जोरी र आधा षडयन्त्र भएको सूचना माओवादी केन्द्रले पाएको भन्दै क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भासिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुनसक्ने अनुमान गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

माओवादी केन्द्रको बिज्ञप्तिमा भनिएको छ 'इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत श्री रोशनी शाहीसंगको अनैतिक सम्बन्धको भर्याङ चडेर प्रधानमन्त्री खड्ग ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।  विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।'

माओवादी केन्द्रले महरालाई विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने र पीडित रोशनी शाहीले न्याय पाउनुपर्ने र तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा