११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

२५ आश्विन २०७६, शनिबार १०:२०

असोज २५, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक नोटम (नोटिस टु एयरमेन) जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो ।

विमानस्थलका अनुसार आज साढे दुई घण्टा र आइतबार साढे दुई घण्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुनेछ ।

शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।


अन्तरराष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ । प्रभावित उडानको व्यवस्थापनका लागि उक्त उडानका दिनमा विमानस्थल २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । संशोधित उडान तालिका र चेकइन समयको जानकारी सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिनेछ । साथै संशोधित अन्तर्राष्ट्रिय उडान तालिका विमानस्थल कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान