११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपालीहरुलाई डा.महतको आग्रह

२७ आश्विन २०७६, सोमबार ०९:२३

असोज २७, काठमाडौँ | नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहमहामन्त्री डा.महतले सो आग्रह गर्नुभएको हो । 

हाल संसारको जुनसुकै देशमा रहेको भए पनि सबैभन्दा पहिला आफू नेपाली हूँ भन्ने पहिचानलाई नभुली मातृभूमिप्रतिको दायित्वप्रति सदैव सजग रहन उहाँले आग्रह गर्नुभयो । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको ती देशमा पनि विशिष्ठ पहिचान रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले ती देशमा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सकेमा देश विकासमा ठूलो टेवा पुग्ने डा.महतले बताउनुभयो । 

संसारका विभिन्न देशमा अध्ययन होस् या पेसा र व्यवसाय गर्दा होस् नेपालीहरुले आफ्नो योग्यता र क्षमताका आधारमा विशिष्ठ पहिचान बनाएका र यसले नेपालको शिर उँचो राख्न र नेपाललाई विश्वमा चिनाउन सघाउ पुगेको धारणा उहाँले राख्नुभयो । 

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

जलपानमा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरु जिवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज