२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएनए आइसिसी कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेद्वारी घोषणा

२०७६, २७ आश्विन सोमबार १७:२०

असोज २७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)आइसिसीको केन्द्रिय कोषाध्यक्ष पदमा जापानका व्यवसायी महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।  विगत लामो समयदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी दिएको उनले बताएका छन् । ऊनी सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

असोज १८ देखि ३० सम्म काठमाडौंमा हुने नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चुनिंदैछ। नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहि सकेका श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने, उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन् । संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिने उनको भनाइ छ ।

Image may contain: 1 person, text

उनले सो कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेको बताए । उनले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेकोले त्यस बिरुद्ध गैरआवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी रहेको उनले बताए ।

श्रेष्ठ को हुन् ?

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । उनले जापानको ग्लोबिस विश्वविधालयबाट अध्ययन पनि गरेका छन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविधालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।

जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापानका प्रोमोटर एवं सल्लाहकार, सिइ ह्ुमन रिसोर्स कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एस्प्रेस ग्लोवलका निर्देशक समेत रहेका छन् । 

उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । उनले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी, आयात तथा निर्यात कम्पनी र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा