2026-07-09 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

कात्तिक ४, लहान | हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई छ महीना कैद र रु ६० हजार जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट पाँच वर्ष ११ महीना चार दिन कैद र रु दुई लाख ४७ हजार ३५० जरिवानाको फैसला भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो