२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभी भर्ने दिन अब १५ दिन बाँकी, यस पटक दोब्बर चान्स !

४ कार्तिक २०७६, सोमबार १६:४४

कात्तिक ४, काठमाडौँ | सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आगामी कात्तिक १९ गते मंगलबार राति १०:४५ बजेसम्म खुलेको छ । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । 

नेपाल स्थित अमेरिकी दुतावासले डिभी चिट्ठा भर्नका लागि कुनै पनि शुल्क नतिर्न भनेको छ । अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । 

यस पटकदेखि डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य भएपछि पासपोर्ट बनाउने भीड लागेको छ । त्यसो त पासपोर्ट अनिवार्य भएपछि पैसा लिएर डिभी भर्ने ठाउँहरुमा डिभी पर्ने दोब्बर चान्स भन्दै बिज्ञापन गरिएका छन् । यस अघि उमेर पुगेका र शैक्षिक योग्यताको आधारमा जोसुकैले डिभी भर्न सकिने अवस्था भएपनि यस पटकदेखि पासपोर्ट अनिवार्य भएपछि दोब्बर चान्स भन्दै बिज्ञापन गरिएका हुन् । 

डिभी २०२१ का लागि नयाँ व्यवस्थाअन्तर्गत मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी दिनुपर्ने भएको छ । 

सन् २०२१ को डिभी चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाइने मितिभित्र www.dvlottery.state.gov मा गई डिभी चिट्ठाको आवेदन फारम भर्नुपर्नेछ । फारम भर्दा आफ्ना श्रीमान्–श्रीमती र फारम भर्ने मिति कात्तिक १९ गते राति १०:४५ बजेसम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ । श्रीमान्, श्रीमती र सन्तानको विवरण नभरी पेस गरिएको आवेदन मान्य हुँदैन । 

अघिल्लो बर्ष खिचिएको फोटो मान्य हुनेछैन भने चस्मा लगाएर खिचिएको तस्बिर पनि स्वीकार्य हुनेछैन । डिभीका लागि पेस गरिने तस्बिरले पनि अमेरिकी भिसाका लागि पेस गरिने तस्बिरसरहकै मापदण्ड पूरा गर्नुपर्छ । आवेदकले सम्पादन गरेको तस्बिर अयोग्य ठहरिनेछ वा भिसा जारी हुनेछैन । 

आवेदन दिने योग्यता माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुपर्छ । 

 डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनभने पछि डिभी परे नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो । तपाईलाई डिभी चिट्ठा पर्‍यो कि परेन भन्ने कुरा आगामी २०७७ साल वैशाख २३ गते (मे ५, २०२०) का दिन थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट