२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा विमानस्थलवाट यात्रूहरुले ल्याउन पाउने सामानहरु के-के छन् ?

२०७६, २२ मंसिर आईतवार ०६:३७

काठमाडौँ | विदेशवाट फर्केका यात्रुले आफू साथै वा आफू आउनु भन्दा अघि वा पछि आफूले प्रयोग गरेका वा निजी प्रयोजनको लागि ल्याउने सामानका सम्वन्धमा समय/समयमा नेपाल सरकार, अर्थ मन्त्रालयवाट राजपत्रमा सूचना प्रकाशित गरी उक्त सूचनामा के कति अवधि विदेश वसेका मानिसहरुले के कति परिमाणमा के के सामान ल्याउन पाउने हो, उक्त मालवस्तुहरुमा के कति प्रतिशत भन्सार महसुल लाग्दछ भन्ने कुरा तोकिएको हुन्छ । साथै विदेशी यात्रुहरुले मसहुल छुटमा ल्याउन/लैजान पाउने सामान र पछि फिर्ता लैजाने गरी ल्याउन पाउने सामानका सम्बन्धमा पनि यो सूचनामा उल्लेख भएको छ । 

भन्सार महशुल छुटमा ल्याउन पाउने मालवस्तुहरु निम्न छन् ।

- लुगाफाटा, बरबिच्छ्याउना, घर गृहस्थीका पुराना सामान

- औषधी उपचार गराई फर्किएका बिरामीहरुले ल्याएको औषधि (चिकित्सकको सिफारिस बमोजिम)

- शारीरिक रुपमा अशक्त यात्रूहरुले साहाराको रुपमा प्रयोग गरेका सामानहरु 

- सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एकलाख रुपयाँसम्मको जवाहरात जडित गहनागुरिया तर निजी गुण्टा झिटी भारी सम्बन्धि सूचना २०७३ को दफा १ को उपदफा (छ) पछीको खण्ड (ज) बमोजिम विदेशबाट फर्किएका यात्रूहरुले आफ्नो साथमा ल्याएको एकसय ग्रामसम्मको काँचो सुनमा देहाय बमोजिम भन्सार महसुल लिई जाँच/पास गर्न सक्नेछ । 

१. पहिलो पचास ग्रामसम्म प्रति दशग्रामको पाँच हजार दुईसय रुपयाँ ।

२. पचास ग्राम भन्दा बढी थप पचास ग्राममा प्रति १० ग्रामको छ हजार दुई सय रुपयाँ ।

- त्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामरा, सेलुलर मोबाइल र पेन ड्राइभ एक/एक थान 

- बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एल/एक थान ।

- पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान (जस्तै: चिकित्सकको लागि रक्तचाप नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धि सामान जस्तै: फुटबल, भलिबल,  ब्याडमिन्टन सेट, गबैयाको सामान्य बाजा जस्तै: गितार, हार्मोनियम, तवला जस्ता सामानहरु, 

- सात किलोग्रामसम्म खाद्द परिकार, 

- मदिरा १ लिटरसम्मको बोतल एक, 

- श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना विदेशमा काम गरि फर्किएका नेपाली यात्रूहरुले एक पटकका लागि ल्याएको ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट ।

समदरमा भन्सार महशुल तिरी ल्याउन पाउने मालवस्तुहरु: 

- म्युजिक सिस्टम, रेफ्रिजिरेटर, वासिङमेसिन, पंखा, रेडियो, सिडी प्लेयर र डिभिडी प्लेयर एक/एक सेट ।

- शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक आदि बढीमा १५ थानसम्म ।

- घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुस्र, सिलाई मेशिन, ग्याँसटेबुल, राइसकुकर जस्ता) दुई/दुई थान ।

- दश किलोग्रामसम्म खाद्द परिकार ।

- व्यवसायिक पेशामा लागेका (चिकित्सक, इन्जिनियर जस्ता) यात्रुको दक्षता अभिवृद्धिको लागि आवश्यक हुने सामानहरु २/२ थान ।

- नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान ।

विमानस्थलबाट फर्कदा दुई च्यानल प्रयोग गरिन्छ जस्ता यदी तपाइले भन्सार छुट हुने सामानहरु मात्र लिएर आउनु भएको छ भने ग्रीन च्यानल छनोट गर्नुहोस् । यदी भन्सार तिर्नुपर्ने सामान लिएर आउनु  भएको भए रेड च्यानल प्रयोग गर्नुपर्दछ । साथै आफूले ल्याएको सामानको भन्सार तिर्नुपर्ने/नपर्ने थाहा छैन भने रेड च्यानल प्रयोग गर्नुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो