मंसिर २३, काठमाडौँ | मंगलबार चक्रपथभित्र जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चलाउन पाइने भएको छ | नेपालमा भइरहेको दक्षिण एसियाली खेलकुद (साग)को समापन रहेकाले ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ |
भोलि ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन ट्राफिक प्रहरीले आग्रह गरेको छ | मंसिर २५ गते साग उद्घाटनको दिन महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन अनुमति दिएको थियो |
सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन |