2026-06-30 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा पाँच फिटसम्म हिउँ जम्यो, जनजीवन प्रभावित

2019-12-15

मंसिर २९, बाजुरा | सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ |

हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ । 

बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

  मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताए ।

 बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्णरूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पु¥याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ