2026-06-29 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान, पश्चिममा हिमपात र बर्षाको सम्भावना

2019-12-20

पुस ४, काठमाडौँ | पश्चिमी वायु सक्रिय भएसँगै पश्चिमी नेपालको मौसममा बदली  भएको छ | मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ भने  पश्चिमी भुभाग लगायत पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | अघिल्लो साताको वायुले देशभरी हिमपात र पानि परेको थियो | महाशाखाका अनुसार राती पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पुर्वी र मध्य तराईका केहि स्थानमा हुस्सु/कुहिरो लाग्ने छ |

आगामी तीनदिनको मौसम पूर्वानुमान हेर्नुहोस:

पौष ४  गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही  बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५  गते (शनिवार)

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी  भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ६  गते (आइतवार)

दिउँसो: : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राती: देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ