2026-06-29 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा बसेर यस्तो थियो चिनियाँ नागरिकको योजना

2019-12-25

पुस ९, काठमाडौँ  | नेपाल र चिनको संयुक्त अप्रेशनमा राजधानीका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् | नेपाल आएर चिनियाँ नागरिकले अपराध गरिरहेको ‘ब्रिफिङ’पछि त्यहाँका अधिकारीले त्यस्तो गतिविधि रोक्न चाँडै नै उपयुक्त कदम चालिने चिनियाँहरुले बताएका थिए |


भदौमा नेपालका विभिन्न बैंकबाट एटिएम ह्याक गरेर सवा करोड बढी रकम चोरि गरेको घटनामा चिनियाँ नागरिक ८ जना पक्राउ परेका थिए | उक्त बिषयमा अध्ययन गर्न चिनियाँ फरेन्सिक टोलि नेपाल आएको थियो | यो घटना पछि चिनिया नागरिकहरु पर्यटन भिसामा नेपाल आएर  बैंकिङ तथा साइबर अपराधमा संलग्न रहेको प्रहरीले पत्ता लगाएका छन् | इन्टरपोलको महासभामा दुई देशका अधिकारीबीच कुराकानी भएपछि नेपालमा चिनियाँ नागरिकको निगरानी बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ | 

यो समयमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो र चिनियाँ अधिकारि बिच सूचना आदानप्रदान भएको थियो | ति चिनियाँ नागरिक नेपाल आएर आपराधिक गतिविधिमा संलग्न रहेको पत्ता लागे पछि   दुई देशबीचको समन्वयमा सोमबार काठमाडौंमा चिनियाँ पक्राउ अभियान क्लाइएको हो |  ‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा १२२ जना चिनियाँ पक्राउ परेको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताएका छन् |

पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन् | उनीहरूलाई तारकेश्वर नगरपालिका-१ मनमैजु, काठमाडौं-३ बाँसबारी र बुढानिलकण्ठ-३ बाट पक्राउ गरिएको हो | यो अपरेसनको नेतृत्व ब्युरोले गरेको थियो। समन्वयमा इन्टरपोल शाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर थिए | 

७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान उनीहरुको साथबाट फेला पारेको छ | उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम् प्रयोग गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ |

उनीहरुले प्रयोग गरेको प्रविधि  बैंक तथा वित्तीय अपराधमा प्रयोग गर्न सक्ने जोखिम थियो | उनीहरुले  इन्टरनेटमार्फत् बेवसाइट बनाइ नेपालका ठूला घरानाका व्यक्तिलाई ठग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ