Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण रिसोर्टबारे के भन्छन प्रधानमन्त्री ओली ?

२०७६, १२ पुष शनिबार १०:५८

पुस १२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण फरेष्ट रिसोर्ट यति समुहलाई दिने सरकारकको निर्णयको बचाउ गरेका छन् |  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकारहरूको संस्था प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै कानुन अनुसार नै गोकर्ण फरेष्ट रिसोर्टको लिज अवधि थपेको बताएका छन् |

रिसोर्टको दुई हजार सात सय ९३ रोपनी जग्गा सरकारले थप २५ वर्षलाई यति समूहलाई सञ्चालन गर्न दिएको हो | थोरै भाडामा ट्रष्टको जग्गा दिएको भन्दै विरोध भइरहेका बेला ओलीले उक्त प्रतिक्रिया दिएका छन् |

के भन्छन्, प्रधानमन्त्री ओली ?

‘केही दिन अघि गोकर्ण रिसोर्टको लिज अवधि थपियो। यसरी थपियो कि जसरी पहिले कहिल्यै थपिएको थिएन | पहिले हचुवाको भरमा मूल्य राख्ने अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदो रहेछ लिज भनियो,’

समय बाँकी छँदै किन लिज दिइयो ? ‘अवधि बाँकी रहँदै कि त्यसलाई सरकारले नचलाउने भन्नुपर्‍यो | कि अरु केही गर्नुपर्‍यो,’ उनले भने, ‘जब कसैले लिजमा लिएको छ |  उसले प्रगती गर्छु भन्छ | आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले नपाउने भन्ने होइन।’

पहिले नै लिजको समय थप भएन भने लिज लिनेले संरचना निर्माण गर्न नसक्ने उनको भनाइ थियो। ‘पहिले भएन भने उसले निर्माण गर्न सक्दैन। बैंकबाट ऋण लिनपुर्‍यो। निर्माण गर्नुपर्‍यो र सञ्चालन गर्नुपर्‍यो,’ उनले भने, ‘२० वर्षका लागि लियो। १० वर्ष निर्माण गर्नै लाग्छ। त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ