2026-10-27 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाडो छल्न विदेशी चरा आउँन् थाले रारामा

दान बहादुर बुढा | पुस २२ मुगु |  नेपालको सबैभन्दा ठुलो ताल रारामा यतिबेला बसाईसराई गरी आएका बिदेशि चराले भरीभराउ छ | चिसो कटाउन युरोप, साईबेरीया तिब्बत र भारतका विभिन्न ठाउँबाट चरा रारा भित्रने क्रम बढी रहेका छन भने रारामा ३ सय भन्दा बढी प्रजातिका चराको बसोबास रहेको छ |

सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्से्नि रारा आउने गर्दछन । अहिले सम्म रारामा बसाईसराई गरी आगन्तुक चरा २० प्रकारका आईसकेको रारा राष्टिय निकुञ्जको कार्यलयले जनाएको छ । बिदेशी चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन | युरोप र एसिया महादेशका विभिन्न देशबाट जाडो छल्न बर्से्नि चरा रारा आउने गर्दछन । रारामा आउने ४९ प्रकारका चरा मध्ये अहिले सम्म २० प्रकारका चरा रारामा पाईने पानि संग रमाउने चरा छन भर्ने अन्य सबै गरि ३ सय भन्दा बढी प्रजापतका चरा रारा राष्ट्रिय निकुञ्जमा मात्र पाईने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए |

भण्डारीका अनुसार रारामा बसाईसरी आउने हाँस जात्तीका चरा जाडो सुरु भएदेखि मंसिर महिना देखि नै चरा रारामा आउने र चैत्त पछी गर्मिमा फर्किर्ने  र कुनै चरा गर्मि पछी पनी आउने गरेका संरक्षण अधिकृत भण्डारीको भनाई छ |

सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेको उनले बताए। चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण छ । उनले भने ‘जाडो मौसम सकिएसँगै सबै चरा आफ्नै बासस्थान फर्कन्छन | पश्चिमी मुलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन। अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ | तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ |

यसै बिच चराको अवलोकन गर्न रारा राष्टिय निकुञ्जमा आई पुगेकाका नेपाल पन्छी संरक्षण संघमा कार्यरता अनुसन्धान अधिकृत मोहन बिक्रम श्रेष्ठका अनुसार रारामा सगरमाथाको उचाई भन्दा माथि बाट उड्न सक्ने  महत्वपुर्ण चरा खोया हाँस ,ग्यालागुज हाँस, र संकटापनमा परेका हाँस पनी रारामा भेटिएको र बर्षको ४ पटक अनुसन्धान गर्ने गरेको हिजो आजको समयमा १ सय २ प्रजातिका चराहरु भेटीएको श्रेष्टले बताएका छन  | रारा ताललाई स्टेशन जस्तो बनाई चराहरु आउने जाने गरेको श्रेष्टको भनाई छ | रारा ताल आगन्तुक चराको लागी महत्वपुर्ण छ ।  रारामा १५ दिन एक महिना प्राप्त मात्र आहार खाईसकेपछी फकिर्ने गर्दछन | चराहरु साईबेरीया, मङ्गगोलिया,तिब्बत,नेपाल हुदै भारत तिर जाने गर्दछन ।

रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन | तर अहिले रारामा हिउँदे अवलोकनमा १ सय दुई प्रकारका चरा भेटीएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए । रारा चराको लागी उत्कृष्ट स्थानका रुपमा लिन सकिन्छ | बिगतका बर्षहरु भन्दा यो बर्ष रारामा आगन्तु चराहरु धेरै आएको स्थानिय बासी बिर्ख बहादुर रोकायाले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने