2026-09-08 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाडो छल्न विदेशी चरा आउँन् थाले रारामा

दान बहादुर बुढा | पुस २२ मुगु |  नेपालको सबैभन्दा ठुलो ताल रारामा यतिबेला बसाईसराई गरी आएका बिदेशि चराले भरीभराउ छ | चिसो कटाउन युरोप, साईबेरीया तिब्बत र भारतका विभिन्न ठाउँबाट चरा रारा भित्रने क्रम बढी रहेका छन भने रारामा ३ सय भन्दा बढी प्रजातिका चराको बसोबास रहेको छ |

सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्से्नि रारा आउने गर्दछन । अहिले सम्म रारामा बसाईसराई गरी आगन्तुक चरा २० प्रकारका आईसकेको रारा राष्टिय निकुञ्जको कार्यलयले जनाएको छ । बिदेशी चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन | युरोप र एसिया महादेशका विभिन्न देशबाट जाडो छल्न बर्से्नि चरा रारा आउने गर्दछन । रारामा आउने ४९ प्रकारका चरा मध्ये अहिले सम्म २० प्रकारका चरा रारामा पाईने पानि संग रमाउने चरा छन भर्ने अन्य सबै गरि ३ सय भन्दा बढी प्रजापतका चरा रारा राष्ट्रिय निकुञ्जमा मात्र पाईने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए |

भण्डारीका अनुसार रारामा बसाईसरी आउने हाँस जात्तीका चरा जाडो सुरु भएदेखि मंसिर महिना देखि नै चरा रारामा आउने र चैत्त पछी गर्मिमा फर्किर्ने  र कुनै चरा गर्मि पछी पनी आउने गरेका संरक्षण अधिकृत भण्डारीको भनाई छ |

सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेको उनले बताए। चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण छ । उनले भने ‘जाडो मौसम सकिएसँगै सबै चरा आफ्नै बासस्थान फर्कन्छन | पश्चिमी मुलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन। अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ | तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ |

यसै बिच चराको अवलोकन गर्न रारा राष्टिय निकुञ्जमा आई पुगेकाका नेपाल पन्छी संरक्षण संघमा कार्यरता अनुसन्धान अधिकृत मोहन बिक्रम श्रेष्ठका अनुसार रारामा सगरमाथाको उचाई भन्दा माथि बाट उड्न सक्ने  महत्वपुर्ण चरा खोया हाँस ,ग्यालागुज हाँस, र संकटापनमा परेका हाँस पनी रारामा भेटिएको र बर्षको ४ पटक अनुसन्धान गर्ने गरेको हिजो आजको समयमा १ सय २ प्रजातिका चराहरु भेटीएको श्रेष्टले बताएका छन  | रारा ताललाई स्टेशन जस्तो बनाई चराहरु आउने जाने गरेको श्रेष्टको भनाई छ | रारा ताल आगन्तुक चराको लागी महत्वपुर्ण छ ।  रारामा १५ दिन एक महिना प्राप्त मात्र आहार खाईसकेपछी फकिर्ने गर्दछन | चराहरु साईबेरीया, मङ्गगोलिया,तिब्बत,नेपाल हुदै भारत तिर जाने गर्दछन ।

रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन | तर अहिले रारामा हिउँदे अवलोकनमा १ सय दुई प्रकारका चरा भेटीएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए । रारा चराको लागी उत्कृष्ट स्थानका रुपमा लिन सकिन्छ | बिगतका बर्षहरु भन्दा यो बर्ष रारामा आगन्तु चराहरु धेरै आएको स्थानिय बासी बिर्ख बहादुर रोकायाले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम