2026-07-09 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन

माघ ४, काठमाडौँ | बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ ।  राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।

 सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाउनुभएन । 

निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी पाँच बजेसम्म काम गरेर पुरानो बसपार्क पुग्नुभएका न्यौपानेजस्ता हजारौँ  राजधानीवासी बेलुकी  समस्यामा पर्ने गरेका छन् । एकाधिकार हट्यो भनिएपनि झन सवारी पाउन मुश्किल भएको गुनासो उनीहरुको रहेको छ ।   पानी परेका दिन, बिदाका दिन, राजधानीमा विशिष्ट व्यक्तिको सवारी परेका दिन प्रायः बेलुकी राजधानीमा सवारी पाउन समस्या पर्छ ।  पहिले बेलुकी निश्चित मार्गका सवारी निश्चित समयसम्म पाइन्थ्यो । 

यातायात समिति क्रियाशील रहुञ्जेल बेलुकी साँढे सात बजेसम्म पाइने साँखुमा चल्ने सवारी आजभोलि नियमित छैन । कहिले त पाँच बजेपछि साँखु जाने सवारी नपाइने गरेको यात्रु शुक्रमाया श्रेष्ठले बताउनुभयो । साँखुमा पुरानो साँखु बस व्यवसायी सङ्घको एकाधिकार तोडिएपछि हाल बाबा गोकर्णेश्वर नामका यातायात सञ्चालनमा रहेका छन् ।  यसैगरी राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ । 

दक्षिणकाली, बनेपा, धुलिखेल, पनौतीलगायत स्थान जाने सवारी बेलुका आठ बजेसम्म नै नियमित गुडिरहेका हुन्छन् । सरकारले विसं २०६८ मा रात्रि बस सेवा शुरु गरेको थियो । तर त्यो पनि नियमित हुन सकेन । स्थानीय तहमा आफ्नो क्षेत्रमा सार्वजनिक यातायातको व्यवस्थापन गर्न सक्ने अधिकार रहेको छ । तर हालसम्म धेरैले केही गरेका छैनन् ।

नेपाल भ्रमण वर्ष शुरु भएको छ । राजधानीकै पर्यटकीय गन्तव्यमा जाने सार्वजनिक यातायात थोत्रा छन् । पानी परेका बेला बसभित्रै पानी छिरेर बस्न नसकिने अवस्थाका सवारी पनि निर्वाध सडकमा गुडिरहेका छन् । कति सवारीमा फुटेका सिसासमेत देख्न सकिन्छ । यसतर्फ अनुगमन भएको देखिदैन । 

रत्नपार्कबाट सुन्दरीजल मार्गमा चल्ने बा ३ ख १३१७ र बा ३ ख १७७ नं सिटी यातायातको सवारीमा पाँच महिनाभन्दा लामो समयदेखि झ्यालको सिसा नरहेको  यात्रु रामचन्द्र खतिवडाको गुनासो छ । पुस र माघको चिसोमा सिसा नभएको सवारीमा यात्रा गर्नुपर्दा ठण्डीले बिरामी भएर तीन दिनसम्म घरमा आराम गर्नुपरेको उहाँले सुनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा केही ठूला बस किनेपनि पर्याप्त छैन । यसैगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाले सार्वजनिक यातायातमा केही लगानी गरेका छन् । नगरपालिकाले ध्यान दिएका स्थानमा सहज रुपमा सवारी पाउने गरेको यात्रुले जनाएका छन् ।  

यातायात व्यवस्था विभागले पहिले सवारी नपाउँदा, बढी भाडा लिँदा, अथवा सार्वजनिक यातायातसम्बन्धी समस्या भएमा सूचना दिन भनी टेलिफोन नं. सार्वजनिक गर्ने गरेको थियो । हाल  बन्द गरिँदा गुनासो राख्ने ठाउँ नभेटिएको यात्रु शशीकला राईले बताउनुभयो । 

“हाल ट्राफिक प्रहरीको १०३, नेपाल प्रहरीको १०० नं. मा फोन गरेर सार्वजनिक यातायातका समस्या राखेपनि कुनै कारवाही हुँदैन, गल्ती गर्ने सवारी एउटालाई कारवाही अरु समस्या क्रमशः कम हुँदै जान्छ, तर किन हाल प्रहरीले कारवाही गर्न छोडेको छ”, उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ  सार्वजनकि यातायातसम्बन्धी गुनासा आउने वित्तिकै समाधान गर्ने गरेको बताउनुहुन्छ । महाशाखामा बढी भाडा लिएको, गन्तव्यमा नपु¥याएको, सामान छुटेको लगायतका गुनासा धेरै आउने गरेको छ ।

हेलो सरकारमा पनि सार्वजनिक यातायातका गुनासो आउने गरेको टिपोट कर्ता रामहरि न्यौपाने बताउनुहुन्छ । बेलुकी उपत्यकाका काठ क्षेत्रमा जाने सवारी पाउन मुस्किल हुने गरेको गुनासो धेरै आउने गरेको उहाँले बताउनुभयो । विभागका सूचना अधिकारी तीर्थराज खनालसँग यस विषयमा प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहनुभएन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो