२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘…चोर्ने, कसैले नदेखे खल्तीमा हाल्ने, देखिहाले विष्णु-विष्णु भन्ने !’ – सांसद थापा

२०७६, २५ माघ शनिबार १५:११

माघ २५, काठमाडौँ | ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस सांसद गगन थापाले अख्तियारले गरेको अनुसन्धानको निर्णयमाथि चर्को आलोचना गरेका छन् । नेताले थापाले सनिबार काठमाडौँको बाइसधारामा ज्वालामुखी गाउँपालिका धादिङ-काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा सरकार चलाउने नभई सत्ता चलाउने रणनीतिमा अगाडी बढेको बताए । 


नेता थापाले दुई बर्षअघि जुन उत्साहले नेकपाले सरकार चलाउन सुरु गर्यो त्यो उत्साह अहिले नभएको भन्दै नेकपाकै सांसदहरुले वर्तमान सरकारले गरेको कामको आलोचना गर्न थालेको बताए । उनले भने 'नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री र प्रधानमन्त्रीको नजिकका, आफन्त, प्रियजनहरु वाहेक बाँकी रहेका सबैलाई के लागि सक्यो भने यो सरकारले काम गर्नै सकेन । यसले बाँकी रहेको तीन बर्ष पनि काम गर्न सक्दैन ।' नेता थापाले स्थिरता र काम गरेर देखाउने प्रयाप्त वातावरण हुँदा-हुँदैपनि नेकपाको सरकारले केहि गर्न नसकेपछि २०७९ सालको निर्वाचनमा जित्ने रणनीति अनुरुप सत्ता निर्माणको तयारी गरिरहेको बताए । थापाले भने 'हार्ने-जित्ने भईरहन्छ, कांग्रेसलाई चिन्ता नेकपाले सरकार बनायो भन्नेमा होइन सत्ता बनायो । सरकार र सत्तामा फरक छ, हाम्रो संविधानले सरकार बनाउन दिएको हो, सत्ता बनाउन दिएको छैन ।' नेकपाले जनतामाझ बाचा गरे अनुसार काम गर्न नसकेपछि सत्ता निर्माणलाई तिब्रता पारेको भन्दै यसलाई कांग्रेसले रोनुपर्ने बताए । 


नेकपाले सत्ता निर्माण गर्दै लगेको सन्दर्भलाई इंगित गर्दै नेता थापाले भने 'कांग्रेसका नेता भएकै कारण उहाँ भ्रष्ट हुनुहुन्न भन्ने होइन, कांग्रेसकै सभापतिले भ्रष्टचार गर्नु भएको रहेछ भने पनि उहाँ पनि जेल जानु पर्छ, मैले गरे पनि जानुपर्छ, छुट कसैलाई पनि छैन ।' थापाले भने 'कांग्रेसलाई भ्रष्टाचारको आरोप लाग्दैन भन्ने छैन, कसैले भ्रष्टाचार गरेको छ भने अख्तियार छ उसले अनुसन्धान गर्छ, भ्रष्टाचार गरेको छ भने जो सुकै होस् त्यसको सामना गर्न तयार हुनुपर्छ, फैसला अदालतले गर्छ ।'  उनले बालुवाटार जग्गा प्रकरणको बिषयमा अख्तियारले गरेको अनुसन्धानको निर्णयलाई इंगित गरे 'एक जना नविन पौडेल भन्ने व्यक्ति हुनुहुन्छ, उहाँले २०६१ सालमा ५० हजार रुपयाँमा बालुवाटारमा प्रत्यक आना जग्गाको ५० हजार रुपयाँमा किन्नु भयो, बिचरा झुक्किएर किन्नु भयो, त्यस कारण उहाँले फिर्ता गर्नुभो ।' यसै निर्णयलाई व्यंग्य गर्दै नेता थापाले भने 'कसैलाई पनि चोर्न मन लागे चोरे भयो, पहिला चोर्ने, देखेन भने हाल्ने खल्तीमा, देखिहाल्यो भने फिर्ता गर्ने, फिर्ता गर्ने बेलामा के भन्ने हो भने विष्णु-विष्णु भन्ने !' उनले अख्तियारलाई प्रश्न गरे 'यस्तो पनि फैशला हुन्छ ?' नेता थापाले पछिल्ला गतिबिधिहरुले ठूलो राजकीय सत्ताको दुरूपयोग गरेर ठूलो षड्यन्त्रको मातहतमा सिंगो व्यवस्था निल्ने प्रयास भईरहेको बताए । नेता थापाले नेकपाको षड्यन्त्रको प्रतिरोध गर्ने ताकत कांग्रेससंग हुनुपर्ने भन्दै संबिधान र व्यवस्था जोगाउन ठूलो संघर्षको आवश्यकता रहेको बताए । 

कांग्रेस नेता थापाले यसअघि पनि सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने नेकपा नेता विष्णु पौडेलको छोरा नवीन पौडेल र कुमार रेग्मीलाई 'आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले' भन्ने तर्कका आधारमा दोषी नदेख्ने  अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिए भन्दै अख्तियारको चर्को आलोचना गरेका थिए । 

भिडियो हेर्नुहोस् 


फोन डायरी विमोचन तथा बनभोज कार्यक्रम सम्पन्न 

कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सनिबार काठमाडौँको बाइसधारामा ज्वालामुखी गाउँपालिका धादिङ-काठमाडौँ सम्पर्क समितिले फोन डायरी विमोचन तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका धादिङ-काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व सम्पर्क समितिका अध्यक्ष किरण छत्कुलीले गरेका थिए भने सम्पर्क समितिका उपाध्यक्ष रामबाबु अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा धादिङ जिल्ला सभापति रमेश धमला, ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना, कांग्रेस महाधिवेशन प्रतिनिधिहरु तिलक रुवाली, बासु तिमल्सिना र एमनाथ दनै लगायत ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेका सातै वडाबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरु सहित ४९७ जनाको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा