2026-07-26 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाँके र बर्दियाका किसान सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले उत्साहित

फागुन १७, बाँके | प्रदेश नं ५ सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रमले आशा जगाएको बताउनु भयो । 

उहाँले वास्तविक किसानले शुलभ कर्जा पाउन नसकेको उल्लेख गर्दै  कर्जामा सहजीकरण माग गर्नुभयो । हिउँदै वर्षाले सबैजसो तरकारी खेतीबाट किसानले ठूलो क्षति ब्यहोर्नुपरेको प्रसङ्ग जोड्दै खत्रीले किसानको उत्पादन र खेतीको बीमा गराउने व्यवस्था नीतिगत बनाएमा व्यावहारिकरुपमै किसानले फाइदा लिन सक्ने बताउनुभयो । 

बर्दिया बाँसगढी नगरपालिकाका कृषक खडगबहादुर खड्काले प्रदेश सरकारले ल्याएको कार्यक्रम किसानमैत्री भए पनि वास्तविक किसानले ऋण पाउन नसक्ने अवस्था रहेको बताउनुभयो । कृषकले ऋणका लागि दिएका फाइल बैंकले महिनौँसम्म थन्क्याउने गरेको गुनासो गर्नुभयो । “कृषकले ऋण माग्न जाँदा बैंक तथा वित्तीय संस्थाका प्रमुखले ‘मुन्टो बटार्ने’ गर्छन् । सहुलियत होस् वा अन्य कुनै ऋण माग्न जाँदा कृषकलाई बंैक तथा वित्तीय संस्थाले प्राथमिकतामा राख्दैनन् ।” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले प्रदेश सरकारले कृषकका लागि शुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, स्वीकृत कार्यविधिमा तोकिएको ब्याज अनुदान बैंक तथा वित्तीय संस्थाको अधिकतम ब्याजदरभन्दा बढी नहुने र नेपाल सरकारको ब्याज अनुदान कार्यक्रमअन्तर्गत नेपाल राष्ट्र बंैकबाट अनुदान पाउने किसानका हकमा फरक रकम मात्र भुक्तानी हुने व्यवस्था गरिएको छ ।

उहाँले कार्यविधि अनुसार सूचना आह्वान, इच्छुक किसानको निवेदन दर्ता, ऋण प्रवाहका लागि बैंकसँग समन्वय गर्ने काम, परामर्श तथा सिफारिसजस्ता सम्पूर्ण कार्यको सरलीकरण र सहजीकरण गर्न ज्ञान केन्द्रमा सहयोगी डेस्क स्थापना गरिने बताउनुभयो ।

प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले किसानलाई सुलभ कर्जा सहजीकरणको जिम्मेवारी लिँदै बैंक र किसानको बीचमा पुलको काम गर्ने गरी योजना बनाएको बताउनुभयो । “कृषिका कर्मचारीले किसानको बारी र गोठमा पुगेर गरेको मूल्याङ्कनको आधारमा बंैकले लगानी गर्ने वातावरणको सिर्जना गरिने छ ।” उहाँले भन्नुभयो । मन्त्री पौडेलले सरकारले किसानलाई दिँदै आएको अनुदानमा गुनासो आएको कारण उत्पादनको आधारमा अनुदान दिने नीति ल्याएको जानकारी दिँदै किसानलाई न्यूनतम ५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजमा अनुदान दिने नीति बनेको बताउनुभयो ।

उहाँका अनुसार, एक वर्षका लागि कृषकले लिएको ऋणको रु एक लाख देखि रु १० लाखसम्मको रकममा १० प्रतिशत ब्याजमा अनुदान दिइने छ । त्यसैगरी रु १० लाखदेखि रु ३० लाखसम्मको ऋणमा ८ प्रतिशत, रु ३० लाखदेखि रु एक करोडसम्मका लागि छ प्रतिशत ब्याजमा अनुदान दिइने व्यवस्था गरिएको छ ।  दुई वर्षभन्दा माथिको ऋणको ब्याजमा ५ प्रतिशत अनुदान रहनेछ । यस्तो ऋण बढीमा दुईदेखि पाँच वर्षसम्मको समय अवधि रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ