जनयुद्ध हुनुपूर्व, जतिबेला भर्खर पंञ्चायत ढलेको थियो । देशमा जनताको आन्दोलनले प्रजातन्त्र आएको थियो । दलहरुले, नेताहरुले जनताको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । जसले चाकडी गर्छ, जसले आफूले भनेको मान्छ त्यस्ता सिमित व्यतिmलाई छानेर निरन्तर देशको आर्थिक स्रोत दोहन गर्दै गाउँ गाउँमा छोटे सामन्त जन्माउँदै गरेको पंञ्चायत, साँचो अर्थमा जनताको सत्ता थिएन । कतैबाट पनि त्यहाँ सर्वसाधारण जनताको अधिकार थिएन । न त त्यो व्यवस्थामा खुल्लम खुल्ला आफ्ना विचार राख्न मिल्थ्यो न कुनै राजनैतिक गतिविधि गर्न सहज र छुट थियो । थियो त केवल जनतालाई राजा भनेका ईश्वर हुन, उनको नराम्रो सोचे, विरोध गरे पाप लाग्छ भन्ने मान्यतालाई जर्बजस्त स्थापित गरिएको थियो ।
त्यस्तो जर्जरपूर्ण स्थिीतिमा कांग्रेस, कम्यूनिस्टलाई जनताले समर्थन गरेका थिए । साथ दिएका थिए । नेताहरु जनमानसमा किवदन्तीको रुपमा स्थापित भएका थिए । एउटा महान आदर्शविम्ब को रुपमा, फरक मिथकको रुपमा नेता र पार्टीहरु सबको मनमा बसेका थिए । सबैलाई परिवर्तनको चाहना थियो र सत्तामा अधिकार पाएको हेर्न चाहन्थे । जब जनताको ठूलो बलिदान, धर्य र त्याग बाट आन्दोलन सफल भयो, राजाले प्रजातन्त्र दिएको घोषणा गरे र दलका नेताहरुलाई सत्ताको चाबी बुझाए तब न जनताको आशा, अपेक्षा विपरित शुरु भयो परिवारवाद, नातावाद, कृपावाद, चाकडीवाद को घिनलाग्दो फोहरी संसदिय राजनीति ।
जनताले राज्यव्यवस्थामा आफ्नो सुरक्षित जीवन खोजेका थिए । विकास, समृद्धी र सम्पन्नता चाहेका थिए । सत्तामा बस्नेहरुले हाम्रा पनि पिर मर्का, दुख र दर्दका अनि अभावका कुरा सुनिदेउन, साथ देउन भन्ने आशा राखेका थिए । तर उल्टो चरम भ्रष्ट्राचारमा डुब्दै नेताहरु सत्ता र सम्पत्तिको लागि देशका नदीनाला समेत विदेशीलाई बेच्न पछी परेनन् । राष्ट्रघाती, जनघाती संन्धी सम्झौताहरु गर्दै गए । महिनै पिच्छे सरकार ढल्ने र बन्ने भईरह्यो । जनताका प्रतिनिधिका रुपमा रहेका सांसद नै संसद भवनमा खसी बाख्रा सरह लाख र करोडमा बिक्न थाले । देशमा बेरोजगार युवाको संख्या ह्वात्तै बढ्यो । सत्तामा चरम बेथीति, राज्यको लापर्बाही र जनताको जनजीवनमा महङ्गी र अभावको संकट आईप¥यो । ठिक यहीनेर आएर जनता विस्फोटक अवस्थामा पुगेको कांग्रेस, एमालेले बुझेनन् । राज्यमा जे पनि हुने, जुनसुकै बेला पनि गडबड हुने आकलन गरेनन् । सरकारको राशन पानि भोग गरेकाले चाल पाएनन् । पाए पनि के पो होला र भनि पत्याएनन् । देशलाई सामान्तवाद र साम्राज्यवाद बाट मुतm गर्दै स्वतन्त्र, स्वाभिमान र समृद्ध देशको परिकल्पना सहित राज्यसत्ता बन्दुकको नाल बाट जन्मिन्छ, बन्दुकको बलमा टिकेको राज्यसत्तालाई बन्दुकको नालबाटै परास्त गर्न सकिन्छ, सेना नभएको जनता सँग केही हुँदैन र सत्ता बाहेक सब थोक भ्रम हो भन्ने मान्यतामा अडिग रहेको क्रान्तिकारी पार्टी माओवादीले जनयुद्ध शुरु ग¥यो । जो केही वर्ष अघि देखि तिव्र तयारी गरिरहेको थियो । माओवादीका नेताहरुले ठोस वस्तुको ठोस विश्लेषण गरिसकेका थिए । जरुर क्रान्ति हुनेवाला थियो । र भईसकेको थियो आवश्यक पनि ।
जब जनयुद्ध शुरु भयो, देशको राजनीतिमा नयाँ बहस शुरु भयो र संभावनाको नयाँ ढोका खुल्यो । जहाँ जहाँ अन्याय, अत्याचार र असमानता थियो माओवादीले त्यहाँ त्यहाँ आफ्नो कारबाही शुरु गर्यो । गाउँबाट शहर घेर्ने निति अनुरुप गाउँका जाली फटाहा हरुलाई छिटै एक एक गरी तह लगायो र रातारात आफ्ना आधारइलाकाको संरचना खडा ग¥यो । गाउँघरमा चर्को व्याज असूल्ने साहुमहाजनको सम्पत्ति जफत गरियो, जालझेल गरी बनाएका तमशुक जलाईयो र जनतालाई क्रृण मुतm पारियो । तराई, मधेसमा जहाँ लाखौँ विगाहा जमिन ओगटेर बसेका थिए, त्यस्ता भूसामान्तहरुलाई लखेटियो र त्यहाँ घरजग्गा नभएका भूमिहिन सर्वहाराहरुलाई जग्गा वितरण गरियो । जस्को जोत उसको पोत भन्ने नारा स्थापित गरियो । सदियौँ देखि समाजमा व्याप्त कुरीति, कुसंस्कार र कुप्रथा लाई बन्द गरियो । सट्टामा समय अनुरुपको क्रान्तिकारी संस्कार, संस्कृतिको शुरुवात गरियो । धामी झाँक्री, बोक्सी, डाइना जस्तो अपहेलनाको व्यवहार जरै देखि निर्मुल पारियो । गाउँमा, शहरमा गर्ने गुन्डागर्दीलाई बन्द गरियो । जाँड, रक्सी, जुवातास लाई निषेधै गरियो । जताततै व्याप्त जातभातको विभेद, उच र निचको भावना, धनी र गरिबको विभेद लाई निषेध गरियो । बन्द गरियो । क्रमश मान्छे मान्छे एउटै हो भन्ने व्यवहारले मान्छेको सोचाईमा परिवर्तन आयो । गर्ने व्यवहारमा पनि सुधार भयो । यसरी माओवादी छोटो समयमै किशान देखि मजदुर, युवा देखि वृद्ध सम्म लोकप्रिय भयो । साथ पायो । माया पायो । जनताले माओवादीको अभियानमा खुशी खुशीका साथ आफ्ना छोराछोरी भर्ती गर्न थाले । यो वास्तवमा गौरवमय क्षण थियो ।
यो देशले पहिलो पटक जनताको सशस्त्र विद्रोह भोग्यो । सदियौँ देखि राज्यसत्ता बाट बन्चित सर्वहारा वर्ग, सामान्य जनताले सत्ता सँग बन्दुकको भाषा बोले । शतिmको भाषा बोले । यही नेर कांग्रेस, एमालेका कथित नेताहरुले वुुद्धि पु¥याएनन् । ठाने यो लहडको खेल हो । एकादुएक जनाको चाहनाले भएको हिंसा हो । यो आम जनताको बाध्यता र विवशताको उपज हो भन्ने यर्थात नबुझी केही महिनामै हतियारले तह लगाउने दुस्साहस गरे । कांग्रेस र एमालेले यो देश आफ्ना बाउ बाजेको मात्र विर्ता भएको जसरी सोच र व्यवहार अपनाए । फलस्वरुप देशमा प्रहरीको दमन र ज्यादतिको श्रङ्खला शुरु भयो । तर उता चमत्कारीक रुपमा नेपाली जनताले माओवादीको आह्वानमा प्रतिरोध गरे । युद्धका मोर्चाहरुमा पनि बलिदानका असंख्य कोटापूर्ति गर्दै क्रान्तिका भिषण मार्गमा एक पछी अर्को फड्को मार्दै गए । देशमा भिषण गृहयुद्ध भयो ।
संसारलाई छक्क पार्दै माओवादी छोटो समयमै देशको ठूलो राजनैतिक शतिm बन्न पुग्यो । सामान्य जनताले समेत राज्यबाट अधिकार मागेर नदिए, खोसेर लिनुपर्छ भन्ने माओवादीको मान्यतालाई जीवन व्यवहारमै अनुशरण गरे । समाजमा परेका सप्ठ्यारा र अप्ठ्यारा काममा जनतालाई सघाउँदै माओवादीका नेता कार्यकर्ता एउटा उच्च विचार र आदर्शमा बाँचे । त्याग, बलिदान र सौर्यको उच्च नमुना बने । एउटा क्रान्तिको, परिवर्तनको चाहनालाई माओवादीले पहिलो पटक जीवन मरणको सवालमा लिएर जोडिदिए । र देशका हर कुना हर क्षेत्रबाट जनता परिचालित गर्न सफल भए । अन्नतत राज्यले जनताको तागत बुझ्यो, माओवादीको राजनीतिलाई स्वीकार ग¥यो । देशमा पहिलो पटक गणतन्त्र, राज्यको पूर्नसंरचना, संघीयता, धर्मनिरपेक्षता र समावेशीताका मुद्धाहरु स्थापित भए । विभिन्न तह र तप्काका शोषीत, पिडित जनताले आफ्ना हक अधिकारका कुरा वैधानिक ढङ्गले दर्ज गराए । देशमा शान्तिवार्ता भयो । दशवर्षे जनयुद्धले विश्राम लियो । माओवादीका जनसेनाहरु अस्थायी शिविरमा बसे ।
जब शान्तिप्रक्रिया शुरु भयो, देशमा जटिल प्रकारको राजनैतिक संक्रमण देखा प¥यो । एउटै देशमा दुई सेना, दुई सत्ताको संरचना रह्यो । एक पछी अर्को गर्दै क्रान्तिका मुद्धाहरुमा, जनतासँग जोडिएका सवालमा शान्तिपूर्ण लडाई लडिए । माओवादी शहर पस्यो । संसद भवनमा छि¥यो र सरकारमा सहभागी भयो । माओवादी सँग नयाँ भिजन थियो । नयाँ नेतृत्व, नयाँ नीति र नयाँ उद्देश्यका साथ काठ्माण्डौँ प्रवेश गरेको माओवादी सँग अपार जनसमर्थन थियो । यो कुरा पुरानो सत्ताका मतियार कांग्रेस, एमालेले राम्ररी बुझेका थिए ।
देशमा गणतन्त्र आउँदै गर्दा क्रान्तिकारी नेताहरु बुद्धिमत्तापूर्ण राजनीति गर्दै जनताको नेतृत्व गर्नुको सट्टा सिंगापुर र स्विजरल्यान्डको सपना बाँड्नमा व्यस्त देखिए । जनयुद्धमा जनता सामु, कार्यकर्ता सामु गरिएका बाचाकसम र प्रतिबद्धताहरु पूरा गर्न छोडी सत्ताको वरीपरी घुमीरहे । जनताले सदियौँ देखि खाईपाई आएको राजतन्त्रलाई सदाको लागि बिदा त गरे तर त्यतिबेला जनतामा पलाएको आशा, भरोसा र अपेक्षालाई बेवास्ता गर्दै दल र दलका नेताहरुले संक्रमणलाई नियतवश लम्ब्याएर देशको ढुकुटी रित्याउन तिर लागे । दिनका दिन नेताहरुको जीवनशैली फेरियो । आफन्तीहरुले मोजमस्ती शुरु गरे । अनि त बिस्तारै चमत्कारी नेताहरुको चमक उड्न थाल्यो । एकपछी अर्को गर्दै क्रान्तिकारी नेताहरु विचलनको बाटो हिडे । माओवादी पार्टी विघटनको दिशामा अघि बढ्न थाल्यो । माओवादीको मुख्य नेतृत्वले नै हिजोका शहिदहरुको भावना र योगदानलाई भूले । शहिद परिवार, बेपत्ता परिवार, पूर्णकालिन कार्यकर्ताको वेवास्ता गर्दै नेतृत्वले जनयुद्धको भावना विपरीतका सहमती गर्न थाल्यो । अझ नेताहरुले क्रान्तिकालिन मुद्धाहरुलाई आफू सत्तामा पुग्नको लागि बार्गेनिङ्को साधन बनाए । जसरी पुरानो संसदिय खेलमा कांग्रेस, एमाले सहभागी हुन्थे ठिकै त्यसैगरी नयाँ शतिm, क्रान्तिकारी शतिm भनेको माओवादीको मुख्य नेता नै तिनै खेलको भद्धा खेलाडी बने । कांग्रेस र एमाले जो खुशी खुशी साथ ताली पड्काउँदै थियो, यता माओवादी प्रति पार्टी कार्यकर्ता मात्र होइन जनतामा समेत ठूलो वितृष्णा जागीसकेको थियो । अविश्वास पलाई सकेको थियो ।
संविधानको नाममा, दुई दुई पटक चुनाव गराएर राष्ट्रको अर्बौ अरबको ढुकुटी रित्याउने । संविधान बन्यो त भनियो तर कुनै जनता सन्तुष्ट भएका देखिदैन । उही बनाएको संविधानको पालना कसले गर्दैन त भन्दा जसले बनाएका थिए उनै नेताले । उनै दलले । जनताले यी सब कुकृत्य घाम जस्तै छर्लङ्ग देखेका छन् । आँखै अगाडी भोगेका छन् । सरकारको लागि जुनसुकै हद सम्म पनि गिर्ने प्रवृत्तिको शुरुवात फेरी जोडतोडका साथ शुरु भएको छ । जनताको नाममा तिनै कुरुप व्यवहार र अनुहारका नेताहरुले वर्षौँ वर्ष सम्म सत्तामा राज गर्ने सपना देखेका छन् । देशलाई झन भन्दा झन कंगाल बनाउँदै विदेशीको गुलामी गर्ने गरेको कतै छिपेन । दिनदहाडै नेपाली जनतामाथि भईरहेको अन्यायमा आँखा चिम्लिने, मिचिएका सिमानाको बारेमा चुईक्क सम्म बोल्न नसक्ने यि भातमारुवा कथित दलालहरुलाई देश सुम्पन सकिदैन र सकिदैन्थ्यो पनि ।
जो हिजो आफ्नो सिंगो जीवनलाई जनताका लागि, क्रान्तिका लागि, परिवर्तनका लागि युद्धमा होमेका थिए, तिनै इमान्दार नेताहरुले फेरी माओवादी पार्टीको पूर्नगठन गरे । र क्रान्तिको निरन्तरताको घोषणा गरे । फेरी गाउँ गाउँबाट, शहर शहरबाट नयाँ कार्यदिशा, नयाँ नेतृत्व सहित हामी क्रान्तिको उदघोष गर्दैछौँ । थाछ नेपालका नदिनालाहरुमा यस बिचमा धेरै पानी बगीसक्यो, समयले केही कोल्टे फे¥यो तर हामीलाई के पनि थाछ भने, जनताको जीवन फेरिएन । जनताको भविष्य यसरी उज्वल हुने वाला छैन । तसर्थ क्रान्तिको विकल्प छैन । इमानदारीका साथ जनतालाई भनौँ फेरी एकपटक लडौँ । जनताले समर्थन नदिने कुरै छैन । किन कि, क्रान्ति आवश्यक छ ।
यो लेख लेखक गणेशमान सिंहको व्यक्तिगत तर्क हो |