११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँस्कोटाको घरमा गराइएको बम बिस्फोटको भत्सना गर्दछु:प्रचण्ड

२८ फाल्गुन २०७६, बुधबार ०६:४०

फागुन २८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम बिस्फोटप्रति पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भत्सना गरेका छन् | बुधबार बिहान ७:५० बजे भक्तपुरको मध्यपुर नगरपालिका -१ लोकन्थली स्थित बाँस्कोटा निजि निवासमा प्रेसर कुकर बम बिस्फोट भएको थियो |

बुधबार नै प्रचण्डले एक प्रेस वक्तव्य जारी गर्दै घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनि कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् | 'म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्सना गर्दछु', वक्तव्यमा भनिएको छ,'घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु |'

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ७ गते मन्त्री पदबाट राजिनामा दिएका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा