२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँस्कोटाको घरमा बम विष्फोट : विप्लव समूहका एक नेता पक्राउ

२०७६, २८ फाल्गुन बुधबार ०७:०६

फागुन २८, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम पुर्वसंचार मन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराइएको आशंकामा एक जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा सरकार द्वारा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन |

उनलाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गरिने भएको छ | भक्तपुरको मध्यपुर नगरपालिका वडा नं १ लोकन्थलीस्थित बास्कोटाको निर्माणाधीन निजि निवासमा बम बिस्फोट भएको थियो | विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ |

उक्त घटनाबारे नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु