2026-07-09 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीहरुलाई सरकारले भन्यो,’तोकिएको अवधि सम्म नेपाल आउँन पाइँदैन’

2020-03-19

चैत ६, काठमाडौँ | सरकारले कोरोना प्रभावित देशमा रहेका नेपाली नागरिकहरु तोकिएको समय सम्म नेपाल आउँन नपाउने बताएको छ | बिहिबार आयोजित नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुरा जानकारी गराएको हो |

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि उनीहरुलाई नेपाल ल्याउन नमिल्ने सरकारले बताएको छ | 'जुन देशमा जहाँ हुनुहुन्छ,उहाँ नेपाली नागरिक भए पनि, उँहा त्यहि उपचारमा रहनुहुन्छ' पत्रकार सम्मेलनमा सरकारका एक अधिकारीले भने,'तोकिएका मुलुकहरु युरोप,पक्षिम एसिया,खाडी क्षेत्रका सबै मुलुक,टर्की, मलेसिया,दक्षिण कोरिया,जपानबाट सोझै आउने,अन्य देशहरुबाट ति देश भएर आउने र ति देशबाट जुनसुकै मुलुक ट्रान्जिट भएर आउने कोहीलाई पनि अहिले प्रवेश छैन |' 

आफू भएको देशमा नै उपचार गराउन सरकारले आग्रह गरेको छ | संसारमा कोरोनाभाइरसको प्रकोप,र प्रभाव हेरेर उक्त मिति सर्न समेत सक्ने बताइएको छ | दक्षिण एसिया र नेपालको सम्भावित जोखिमलाई हेरेर मिति सर्न सक्ने सरकारले जनाएको छ |

यस अघि बुधबार कोरोनाभाइरस(कोभिड-१९)उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्य समितिले कोरोना प्रभावित देशमा रहेका नेपाली नागरुकहरु तथा अन्य विदेशीहरु २० मार्च देखि १५ अप्रिल सम्म नेपाल् आउँन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो | 

कोरोना प्रभावित युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाएको छ |

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरबाट बच्न आवश्यक सतर्कता अनुरुप सरकारले कोरोना प्रभावित देशबाट नेपाल आउँन आफ्नै देशका नागरिकहरुलाई समेत प्रतिबन्ध लगाएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो