२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

२०७७, ११ बैशाख बिहीबार १८:३३

वैशाख १२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाको सहज जीवनको कामना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा उक्त कामना गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा हामीले उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ । 

“भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियाँै, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ”, सन्देशमा भनिएको छ, “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राविधरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ । यसबीचमा करिब पाँच लाख निजी अवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब दुई लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् । 

“भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनःनिर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन”, सन्देशमा भनिएको छ, “यसै सन्दर्भमा पुनःनिर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पु¥याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।” 

देशको भौगोलिक अवस्थाले गर्दा भूकम्प, बाढी, डुबान, पहिलाजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छौँ । यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोध बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पु¥याउन पर्ने आवश्यक रहेको छ । सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्दै भवनसंहिता अनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाउन आवश्यक सम्बन्धित निकायको ध्यान आकृष्ट गराइएको छ ।

“सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःनिर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पु¥याउने छ भन्ने विश्वाल लिएको छु ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु