२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१२ सांसदसहित ४४१ को स्वाब संकलन (१० तश्वीर हेर्नुहोस)

२०७७, २५ बैशाख बिहीबार १२:५०

वैशाख २५, काठमाडौं । बिहीबार २१२ जना सांसदसहित ४४१ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् ।

भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।

तश्वीरहरु:


राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस


राष्ट्रियसभाका सांसद कोमल वली बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिनिधिसभाका सांसद महन्त ठाकुर बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस


संघीय संसद् भवनमा नयाँ बानेश्वरमा कोभिड १९ को सङ्क्रमण भए, नभएको परीक्षण कार्यक्रममा  बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायत सांसद । तस्वीरः रोशन सापकोटा/रासस


कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीर: रोशन सापकोटा/रासस
गृहमन्त्री रामबहादुर थापा  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

सभामुख अग्निप्रसाद सापकोटा  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु