साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

सुडानमा एक्कासी हिंशा भड्किएपछी, शान्ति सेनाहरु ‘अलर्ट’मा

५ श्रावण २०७३, बुधबार ०२:०३

साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।

 एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्। 

सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय कार्यरत

सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्। राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए। 

तीन सशस्त्र प्रहरी घाइते

गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए। राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन्। सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए। उनीहरूलाई गोलीका छर्रा लागेको छ। झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। 

शान्ति सैनिक ‘अलर्ट’मा 

एक्कासि हिंसा मच्चिएपछि राष्ट्रसंघले सबै शान्ति सैनिकलाई ‘अलर्ट’ बनाएको छ। राष्ट्रपति किरले युद्धविरामको घोषणा गरे पनि दैनिकजसो दुई पक्षका सैनिकबीच गोली हानाहान हुने गरेको छ। 

सुडानको विभाजनपछि जातीय हिंसा 

जनमतसंग्रहमार्फत पाँच वर्षअघि सुडानबाट दक्षिण सुडान टुक्रिएको थियो। तीन वर्षयता त्यहाँ आन्तरिक रूपमा जातीय हिंसा बढ्दै गएको छ। डिंका र न्यूर जातिबीच पटक–पटक हिंसात्मक झडप हुने गरेको छ। दक्षिण सुडानको टोरिट भन्ने स्थानमा राष्ट्र संघअन्तर्गत मानवअधिकारकर्मीका रूपमा कार्यरत ठाकुर चापागार्इं केही दिन आफूहरू बंकरभित्र बसेको बताउँछन्। - नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ