साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सुडानमा एक्कासी हिंशा भड्किएपछी, शान्ति सेनाहरु ‘अलर्ट’मा

५ श्रावण २०७३, बुधबार ०२:०३

साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।

 एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्। 

सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय कार्यरत

सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्। राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए। 

तीन सशस्त्र प्रहरी घाइते

गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए। राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन्। सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए। उनीहरूलाई गोलीका छर्रा लागेको छ। झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। 

शान्ति सैनिक ‘अलर्ट’मा 

एक्कासि हिंसा मच्चिएपछि राष्ट्रसंघले सबै शान्ति सैनिकलाई ‘अलर्ट’ बनाएको छ। राष्ट्रपति किरले युद्धविरामको घोषणा गरे पनि दैनिकजसो दुई पक्षका सैनिकबीच गोली हानाहान हुने गरेको छ। 

सुडानको विभाजनपछि जातीय हिंसा 

जनमतसंग्रहमार्फत पाँच वर्षअघि सुडानबाट दक्षिण सुडान टुक्रिएको थियो। तीन वर्षयता त्यहाँ आन्तरिक रूपमा जातीय हिंसा बढ्दै गएको छ। डिंका र न्यूर जातिबीच पटक–पटक हिंसात्मक झडप हुने गरेको छ। दक्षिण सुडानको टोरिट भन्ने स्थानमा राष्ट्र संघअन्तर्गत मानवअधिकारकर्मीका रूपमा कार्यरत ठाकुर चापागार्इं केही दिन आफूहरू बंकरभित्र बसेको बताउँछन्। - नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार