Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री

२०७७, ६ जेष्ठ मंगलवार ०९:००

जेठ ६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै राष्ट्रले बराबररुपमा स्वाधीनताको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै देश भूगोल वा जनसङ्ख्यामा ठूलो-सानो र विकासमा अगाडि-पछाडि हुन सक्छ तर राष्ट्रियता सानो-ठूलो हुन सक्दैन, सबै राष्ट्रले बराबर स्वाधीनताको प्रयोग गर्न पाउनुपर्छ, आफ्नो नीति आफूले नै तय गर्न सक्छ ।” 

नेपालको भूमि मिचिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले दुई ठूला देशको बीचमा रहेको मुलुकले तथाकथित राष्ट्रवाद वा लम्पसारवादको बाटो समाउन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको सिमाना राणा शासनको समाप्तिलगत्तैदेखि मिचिएको उल्लेख गर्नुभयो । 

उहाँले एकापट्टिको छिमेकीको सेना अर्काेपट्टिको छिमेकीको सीमामा लगेर राख्नेखालको अशोभनीय काम विगतमा भएको स्मरण गर्दै उक्त समयमा १७ वटा चेकपोष्ट उत्तरतर्फ राखेर परिकल्पना गर्न नसक्ने कामको स्थिति सिर्जना भएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्को बैठकमा अर्काे देशका राजदूत उपस्थित गराएर बैठक गर्ने गलत प्रवृत्ति विगतमा भएको समेत उहाँले बताउनुभयो । 

सरकारले सोमबारमात्रै मिचिएको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने निर्णय गरिसकेको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्र नै मुलुकको नयाँ नक्सा सार्वजनिक हुने संसद्लाई जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ