2026-11-01 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएर खोरिया फाँड्दै तरकारी लगाउँदै

जेठ १२, म्याग्दी | कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा बस्दै आएका युवा बन्दाबन्दीका कारण गाउँ फर्किएरसँगै वर्षांैदेखि बाँझो रहेका जमिनलाई खनजोत गरी खेती गर्न थालेका छन् ।

पश्चिम म्याग्दीको मालिका, धौलागिरि र मङ्गला गाउँपालिका, उत्तरी म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका साथै बेनी नगरपालिकाका युवा यतिखेतर बाँझो जमिन जोत्न, खोरिया फाँड्न र तरकारी, फलफूल तथा वर्षेबाली लगाउन व्यस्त छन् ।

सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको र बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका युवा कृषि क्षेत्रतर्फ आकर्षित भएका हुन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ दुखुमा वडा कार्यालयको सहयोगमा बाँझो जमिनलाई हरियाली बनाउने अभियान शुरु गरेका छन् । दुखुका गाउँले मिलेर सामूहिक कृषिखेती शुरु गरेका छन् ।

बन्दाबन्दीको समयमा गाउँ फर्किएका युवा मिलेर स्थानीयरुपमा उत्पादन हुने सिमी, भट्टा, कोदो, मकैलगायतको खेती बाँझो जमिनमा लगाउन खनजोत शुरु गरेका हुन् । सोह्र घरधुरीको २२ वर्षदेखिको १७० रोपनी बाँझो जमिनमा गाउँले मिलेर १० वर्षसम्मको आम्दानी गाउँले लिने सम्झौता जग्गाधनीसँग गरेर झाडी फाँड्ने खनजोत गरेर खेती गर्न शुरु गरेका हुन् । ९८ घरधुरी रहेको दुखुलेकमा ४८ दिन लगाएर झाँडी पन्छाइ दैनिक छ हल गोरुले बाँझो जमिन जोतेर हरियाली बनाउन लागिएको छ । मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले ‘एक गाउँ एक’ उत्पादन योजनासँगै रैथाने बाली पकेट निर्धारण गरेर भूगोलअनुसार खेती शुरु गरेको जानकारी दिनुभयो । 

स्थानीय सर्गबहादुर रोकाले बाँझो बसेको जमिनलाई हरियाली बनाउने अभियानमा सरिक हुन शहर वा गाउँबाहिर रहेका युवालाई गाउँमा आउन आग्रह गर्नुभयो । खेतीतर्फ आकर्षित, आयात घटाउने, रोजगारी र आयआर्जन बढाउने र स्थानीय आवश्यक खाद्यान्न उत्पादनसँगै आम्दानी बढाउने उद्देश्यले दुखुलेकमा गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरेको छ । सार्वजनिक जग्गामा टिमुर लगाउन एक लाख र बाँझो जमिनमा वा खेती गर्दै आएको जग्गामा दुई लाखको सिमीको बीउबिजन खनजोत गरेर लगाउन विनियोजन गरेको वडासदस्य पदबहादुर रोकाले बताउनुभयो ।

कोरोना भाइरसका कारण खाद्य सङ्कटको अवस्था आउन नदिन स्थानीय तहले ‘एक गाउँ एक उत्पादन’ लक्षित गरेर रोजगारी सिर्जना गर्न अुनदानलगायतको व्यवस्था गरेको छ । गाउँले उत्पादन गरेको टिमुर सिमी, गहत भट्टलगायतका खेतीको बजारीकरणका लागि दरबाङमा आत्मनिर्भर व्यवसायी कृषि सहकारी संस्थाले जिम्मा लिएको छ ।

त्यस्तै धौलागिरि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरी बाँझो जमिन प्रयोगमा ल्याउनेसम्बन्धी कार्यविधि ल्याएर कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको उपल्लो क्षेत्रमा खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफूल, जडीबुटीको व्यावसायिक खेतीतर्फ आकर्षित गर्न लागिएको उहाँको भनाइ छ । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुरलगायतका जडीबुटी खेती गर्न कृषकलाई आग्रह गरिएको छ ।

“कोरोना भाइरसका कारण खाद्य सङ्कटको अवस्था आउन नदिन पालिकाका सातवटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराउने नीतिसहित अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।

खाद्यसङ्कट, सामाजिक विचलन र आर्थिक सङ्कट ल्याउने भएकाले मदिरा उत्पादनबाट जीविकोपार्जन गर्दै आएकालाई आयआर्जनको वैकल्पिक सीप सिकाउने गाउँपालिकाले जनाएको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पनि धमाधम खोरिया फाँडेर तरकारीखेती अभियान शुरु भएको छ । गाउँपालिकाका सबै वडामा गरी २०० रोपनीभन्दा बढी बाँझो जग्गामा तरकारी, फलफूल र खाद्यान्न बाली लगाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकामा पनि युवा कृषि कर्ममा लागेका छन् । गाउँमा यतिबेला खेतबारीको कामको मौसम शुरु भएको छ । धानको व्याड बनाउने, बीउ राख्ने बाँझो जोत्ने लगायतको काममा युवा खटिरहेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

“विगतमा कृषि कर्मका लागि जनशक्तिको अभाव हुने गर्दथ्यो, अहिले युवा नै खेतीपातीको काममा लागेपछि निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।  बेनी नगरपालिकाका १० वटै वडामा बाँझो रहेका खेतीयोग्य जमिनको पहिचान गरी त्यो जमिनमा सामूहिक वा एकल खेती गर्ने अभियान शुरु गरिएको छ ।

बेनी नगरपालिका– २ बगरफाँटमा पहिले बाँझो रहेका जग्गामा अहिले धमाधम केराखेती गरिएको छ भने वडा नं ३ तोराखेतमा खोरिया फँडानी गरिँदै छ । त्यसैगरी कृषिका लागि उर्वर मानिएको वडा नं ४ सिङ्गामा पनि एक टुक्रा जमिन बाँझो नराख्ने अभियान सञ्चालन भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द