2026-06-20 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमितको लागि आइसोलेशन र शव व्यवस्थापनसम्बन्धी निर्देशिका जारी, के के छ निर्देशिकामा ?

जेठ २२, काठमाण्डौ। कोरोना सङ्क्रमित २ हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड–१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो । निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड–१९ रोकथाम योजनाबमोजिम संक्रमितको सङ्ख्या २ हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेका अवस्थामा जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते