१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रोतालाई प्रधानमन्त्रीको गीत

२५ जेष्ठ २०७७, आईतवार ००:२६

जेठ २५, काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीद्धारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समेटिएको एल्बम ‘समृद्ध नेपाल सुखी नेपाली’श्रोतामाझ आएको छ । भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन् ।

प्रमुख अतिथीका रुपमा निम्त्याइएका मुक्ता र सानुकाजीले यस्तो अवसर जीवनमा कहिले नपाएको बताए । प्रधानमन्त्रीको गीत विमोचन गर्न हामीजस्ता सडक मजदुरलाई बोलाउनु हाम्रो लागी ठुलो भाग्य हो’, मुक्ताले भनिन् । एल्बम विमोचन समारोहमा गायक बद्री पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गरे ।


अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका ५ गीतमध्ये प्रधानमन्त्री ओलीद्धारा रचित ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । त्यस्तै राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं’गरी दुई गीत रहेका छन् ।

शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्री पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिएका छन् । ‘सरकारले गरेका राम्रा काम र उपलब्धीको उजागर, राष्ट्रियता र जनजिविकासँग सम्बन्धित गीत समेटेर एल्बम तयार पारिएका छौं’, सहसंयोजक पौडेलले भने । युवा नेता पौडेलकै संयोजनमा तयार पारिएको एल्बम किरण क्रिएसनले श्रोता दर्शकमाझ ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण