2026-07-25 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साहुहरुले घर घेर्न लागिसके, ऋणको ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ’

मदन विष्ट | जेठ २६, काठमाडौँ | म यूएईमा  काम गरिरहेको थिएँ । सबै राम्रै चल्दै थियो । गत फेब्रुअरी २७ (फागुन १५ ) मा ईमर्जेन्सी काम परेर १५  दिनको छुट्टीमा यूएईबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले महामारीको रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । 

घरको बसाई १५ दिन भएकोले म चैत महिनाको  २/३ गते काठमाडौ फर्किए । काममा फर्किनलाई श्रम कार्यालय पुग्दा एकाबिहानै गेटमा ठूलो भोटे ताल्चा देखे । नजिकै रहेका प्रहरी दाईलाई सोधे कती बेला खुल्छ दाई श्रम ?? उहाँले भन्नु भो खुल्दैन,अनिश्चितकालको लागी बन्द भो भाई कोरनाले। 

म फर्केर भाईको रुम तिर लागें । २\४ दिन मै खुल्छ कि भन्ने आशमा काठमाडौ बसें । राम्रै बितिरहेको थियो ।  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ गतेबाट देशभरि नै लकडाउनको घोषणा गर्ने तयारी गर्यो । लकडाऊन खुले पछी फर्कन्छु भनेर म पनी फेरी चैत ७ गते गाउँ फर्के ।एक साताका लागि गरिएको लकडाउन यत्तिका दिनसम्म खुल्ला गरिएको छैन।

एउटा सिङ्गो जीवन बोकेर हतारमा हिड्नु छ। असंख्य दौडधुपको यात्रामा थुप्रै भारीको बोझ उठाउनु छ,  घमण्ड र स्वार्थको संकल्प होइन, व्यबहारले चलाएको जिन्दगी नै यही हुन्छ।  पहिलो, दोस्रो, तेस्रो, चौथो चरण पार गर्दै अब कतिऔं चरण पार गर्नु पर्ने हो थाहा छैन। तर अब चाहिँ भबिस्यको चिन्ता लाग्न थालेको छ। अ

लमलमा छु १५ दिनको छोटो बिदामा आएको ३ महिना हुन लागिसक्यो। अब कम्पनीले बोलाए जाउला, नबोलाए नेपालमै केही गरुम्ला भन्ने छ तर नेपालमा पनि के गर्ने हो ? ऋणले साहुहरु घर घेर्न लागिसके, ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ । शारीरिक रुपमा त म एकदम स्वस्थ छु । तर यत्तिका दिन घरमा नै थुनिएर बस्नु पर्दा मनोबैज्ञानिक असर भने धेर थोर पर्दो रैछ।

सिङ्गो भविस्य नै कर्कलाको पानी जसरी अड्याउनु पर्ने अवस्थामा यस्ता खाले लकडाउनले म जस्ता लाखौ युवाहरुलाई कुनै न कुनै रुपमा मानसिक उल्झनमा पक्कै पारेको छ। यो अवधिलाइ कसरी उपयोगी बनाउने भन्ने लागेर आजभोलि किताब पढ्न थालेको छु।  रामायण पनि हेर्न थालेको छु । फेसबुक टुईटर मा पनि बसीरहन्छु । समाचारहरु हर बखत सुनिरहेकै हुन्छु। सिङ्गो नेपाललाई आज नजिकबाट हेर्ने मौका पनि पाइरहेको छु। 

हाम्रा देशका नेताहरूलाई नजिकबाट बुझ्न कोसिस गरिरहेको छु।  सामाजिक आर्थिक रुपमा नेपाल कुन अवस्थाबाट गुज्रदै छ भन्ने पनि भेउ पाउन थालेको छु। यो चाहिँ लकडाउनकै बिच भएका उपलब्धी हुन् मेरा।

यदि महामारी आउन्न थ्यो र लकडाउन हुन्नथ्यो भने म मेरो काम, व्यस्तता र रमाइलोमै झुमिरहेको हुन्थे। मान्छेले एउटा काममा मात्र ध्यान केन्द्रित गर्न हुन्न। समयले भ्याएसम्म अरु एक दुइटा वा बढी  इलम गर्नु पर्छ भन्ने पाठ पढाइ रहेको छ कोरोनाले मलाई। आशा छ यो महामारी माथि चाडै नै  विजय पाउनेछौं र फेरि घरबाहिर हुनेछौं। अनि म विश्व घुम्न निस्कने छु।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल