२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साहुहरुले घर घेर्न लागिसके, ऋणको ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ’

२६ जेष्ठ २०७७, सोमबार ०७:३५

मदन विष्ट | जेठ २६, काठमाडौँ | म यूएईमा  काम गरिरहेको थिएँ । सबै राम्रै चल्दै थियो । गत फेब्रुअरी २७ (फागुन १५ ) मा ईमर्जेन्सी काम परेर १५  दिनको छुट्टीमा यूएईबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले महामारीको रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । 

घरको बसाई १५ दिन भएकोले म चैत महिनाको  २/३ गते काठमाडौ फर्किए । काममा फर्किनलाई श्रम कार्यालय पुग्दा एकाबिहानै गेटमा ठूलो भोटे ताल्चा देखे । नजिकै रहेका प्रहरी दाईलाई सोधे कती बेला खुल्छ दाई श्रम ?? उहाँले भन्नु भो खुल्दैन,अनिश्चितकालको लागी बन्द भो भाई कोरनाले। 

म फर्केर भाईको रुम तिर लागें । २\४ दिन मै खुल्छ कि भन्ने आशमा काठमाडौ बसें । राम्रै बितिरहेको थियो ।  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ गतेबाट देशभरि नै लकडाउनको घोषणा गर्ने तयारी गर्यो । लकडाऊन खुले पछी फर्कन्छु भनेर म पनी फेरी चैत ७ गते गाउँ फर्के ।एक साताका लागि गरिएको लकडाउन यत्तिका दिनसम्म खुल्ला गरिएको छैन।

एउटा सिङ्गो जीवन बोकेर हतारमा हिड्नु छ। असंख्य दौडधुपको यात्रामा थुप्रै भारीको बोझ उठाउनु छ,  घमण्ड र स्वार्थको संकल्प होइन, व्यबहारले चलाएको जिन्दगी नै यही हुन्छ।  पहिलो, दोस्रो, तेस्रो, चौथो चरण पार गर्दै अब कतिऔं चरण पार गर्नु पर्ने हो थाहा छैन। तर अब चाहिँ भबिस्यको चिन्ता लाग्न थालेको छ। अ

लमलमा छु १५ दिनको छोटो बिदामा आएको ३ महिना हुन लागिसक्यो। अब कम्पनीले बोलाए जाउला, नबोलाए नेपालमै केही गरुम्ला भन्ने छ तर नेपालमा पनि के गर्ने हो ? ऋणले साहुहरु घर घेर्न लागिसके, ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ । शारीरिक रुपमा त म एकदम स्वस्थ छु । तर यत्तिका दिन घरमा नै थुनिएर बस्नु पर्दा मनोबैज्ञानिक असर भने धेर थोर पर्दो रैछ।

सिङ्गो भविस्य नै कर्कलाको पानी जसरी अड्याउनु पर्ने अवस्थामा यस्ता खाले लकडाउनले म जस्ता लाखौ युवाहरुलाई कुनै न कुनै रुपमा मानसिक उल्झनमा पक्कै पारेको छ। यो अवधिलाइ कसरी उपयोगी बनाउने भन्ने लागेर आजभोलि किताब पढ्न थालेको छु।  रामायण पनि हेर्न थालेको छु । फेसबुक टुईटर मा पनि बसीरहन्छु । समाचारहरु हर बखत सुनिरहेकै हुन्छु। सिङ्गो नेपाललाई आज नजिकबाट हेर्ने मौका पनि पाइरहेको छु। 

हाम्रा देशका नेताहरूलाई नजिकबाट बुझ्न कोसिस गरिरहेको छु।  सामाजिक आर्थिक रुपमा नेपाल कुन अवस्थाबाट गुज्रदै छ भन्ने पनि भेउ पाउन थालेको छु। यो चाहिँ लकडाउनकै बिच भएका उपलब्धी हुन् मेरा।

यदि महामारी आउन्न थ्यो र लकडाउन हुन्नथ्यो भने म मेरो काम, व्यस्तता र रमाइलोमै झुमिरहेको हुन्थे। मान्छेले एउटा काममा मात्र ध्यान केन्द्रित गर्न हुन्न। समयले भ्याएसम्म अरु एक दुइटा वा बढी  इलम गर्नु पर्छ भन्ने पाठ पढाइ रहेको छ कोरोनाले मलाई। आशा छ यो महामारी माथि चाडै नै  विजय पाउनेछौं र फेरि घरबाहिर हुनेछौं। अनि म विश्व घुम्न निस्कने छु।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा