२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’

२०७७, ३१ जेष्ठ शनिबार ०६:१९

जेठ ३१, गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन । 

“कुवाकै पानी लिन जाँदाजाँदै वर्षौँ बितिसक्यो”, इन्द्रकलाले भन्नुभयो, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ ।” कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताले घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ । उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गर्नुभयो । “गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौँ”, हुमबहादुरले भन्नुभयो, “बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौँ, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ ।” पुस, माघमा अत्यधिक हिउँ पर्ने कारण घुम्ती बसाइँसराइ गरी ढोरपाटन नगरपालिका–८ तल्लो बोबाङमा समेत बस्दै आएका नवीगाउँवासीको अधिकांश बसाइ भने गाउँमै हुन्छ । 

दलित बस्तीको नवी गाउँका ६०० घरमा एउटै खानेपानीको धारो नभएको ढोरपाटन जनवादी आधारभूत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार, केही व्यक्तिले क्षमताले भ्याएमा मुलबाट पाइपमा घरमा धारो ल्याए पनि अन्यले कुवाकै पानी प्रयोग गर्दै आएका हुन् । विद्यालयमा समेत खानेपानी पु¥याउन नसकिएको प्रधानध्यापक सुनारको भनाई छ । 

जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको पहँुच पुगे पनि बागलुङको पश्चिमक्षेत्रका विकट गाउँमा खानेपानी पुग्न सकेको छैन । हिमपातका कारण बसाइँसराइ गरी तल्लो बोबाङ झर्दा छिटफुट खानेपानीको धारो प्रयोग गर्ने भए पनि नवीमा बस्दा कुवामै पानी ल्याउन जानुपर्ने बाध्यता रहेको नवीवासीको गुनासो छ । 

पशु तथा सरसफाइका लागि खोलानालाको पानी ठिकै भए पनि पिउनका लागि भने समस्या हुने गरेको घरमाथिको कुवामा लुगा धुन आउनुभएकी दिलकुमारी विकले दुखेसो गर्नुभयो । “कहिले कुवा धमिलो भएको हुन्छ”, दिलकुमारीले भन्नुभयो, “जन्मेदेखि यस्तै पानी पिउँदै आएका छौँ, घरमै धारो आए कति सहज हुन्थ्यो होला ।”

नवीगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनको तयारीमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । “नवीगाउँमा खानेपानीको निकै समस्या भएको हामीले महसुस गर्दै आएका छौँ”, नगरप्रमुख नेपालीले भन्नुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै घरमा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गर्दै आएका कारण धेरै विकट बस्ती यसै कार्यक्रममा समावेश हुनेछन् । नवीगाउँमा खानेपानी पुर्याउन  नेवाःसँग सम्झौता भइसकेको छ । एक–दुई वर्षमा नवीगाउँमा एक घर एक धारा जडान भइसक्ने नगरपालिकाले जनाएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार