१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ’

२ असार २०७७, मंगलवार ०९:२३

'असार २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसद श्रेष्ठले समय माग गरी हिजो जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीले अनाश्यक रुपमा हवाई फाएर गरेको छ, गोली चलाउने आदेश कस्ले दियो भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “रुकुममा यत्रो अपराध भएको छ, सरकारले छानबिन समिति बनाएको छ, ससदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।” 

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र  साथी लिएर केटीको घरमा जाँदै गर्दा सो घटना भएको जनाइएको छ  ।    नवराजसँगै केटीका घरमा गएका  छ जनाको शव  भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् । उहाँले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेका सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण