१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पिसिआर परीक्षणको दायरा छिमेकी मुलुकभन्दा माथि: मन्त्री ढकाल

३ असार २०७७, बुधबार १४:११

असार ३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ । आज राष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताउनुभयो । 

उहाँले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताउनुभयो । उहाँका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ । 

मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो । नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । आज मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । 

मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताउनुभयो । उहाँले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताउनुभयो । 

मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताउनुभयो । उहाँले लम्की चुहा नगरपालिका­१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताउनुभयो । उहाँले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण