२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट उद्दारमा ढिलाई भएको भन्दै जनसम्पर्क समितिद्वारा राजदूत मार्फद प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

२०७७, ४ असार बिहीबार ०४:२६

योगेन्द्र योगी | असार ४, दोहा | कतारमा समस्यामा परेका नेपाली नागरिकहरुको उद्दारमा ढिलाई भएको भन्दै नेपाली कांग्रेसको विदेश स्थित भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले आफ्ना १४ बुदे माग सहित कतारका लागि नेपाली राजदूत डा: नारद नाथ भारद्वाज मार्फद प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको जनसम्पर्क समिति कतारका महामन्त्री मोहम्मद अजिज अलीले जानकारी दिएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र गर्नु पर्ने आवस्यक कामहरु गर्न नसकेको ३ महिना देखि बिदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न नसकेको यो विकराल स्थितिमा पनि अस्पष्ट स्वास्थ्य नीति, अकर्मण्यता, भ्रष्टाचारमा लिप्त भएको निस्कर्ष सहित नेपाली काँग्रेसले देशका सबै जिल्ला र विदेशमा रहेका दूतावास मार्फत नेपाल सरकारलाई देश भित्र र विदेशमा रहेका नेपाली नागरिकको असंतुष्टि लगायका सुझाव ध्यानाकर्षण पत्रमा समेटिएको छ । 

विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने र्यापिड टेस्ट अहिलेसम्म भईरहेको छ । पिसिआर विधिवाट अत्यन्त न्यून परिक्षण भएको छ । देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन । 

क्वारेन्टीनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टाईनबाट नै संक्रमण फैलिरहेको छ । क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको पत्रमा उल्लेख गरिएको छ । 

समितिका कावा सभापति शंकर न्यौपाने र महामन्त्री अजिज अलि सहित प्रमुख सल्लाहकार बिमल सुवेदी काँग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह लगायत बिज्ञप्ति बुझाउन दोहास्थित नेपाली दूतावास पुगेका थिए । 

ज्ञापन पत्र बुझ्दै राजदुत भारद्वाजले बर्तमान परिस्थित अनुसारका यहाँहरुको चासो, चिन्तन सहितका मागहरु जाहेज रहेको भन्दै 

नेपाली श्रमिकहरुका बारे यहाँहरुले उठाएका बिषयमा नेपाली दूतावास गम्भीर रहेको जनाउदै यो ज्ञापन पत्र चाडै सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता जाहेर गरेको महामन्त्री अलीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु