2026-06-19 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबा रामदेवद्वारा कोरोना निको पार्ने औषधि सार्वजनिक, १०० जनामा परीक्षण गर्दा ७ दिनमै सबै निको भए

असार ९, काठमाडौँ | भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले कोरोना भाइरसविरुद्ध औषधि बनाएको दाबी गरेको छ । जडीबुटीबाट बनाइएको यो औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् ।  

यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् ।  


उनका अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी उनको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ । 

बाबा रामदेवको दावी छ कि १०० जना कोरोना संक्रमितमा औषधिको परीक्षण गर्दा ३ दिन भित्र ६९ प्रतिशत रोगी कोरोना मुक्त भएका छन् ।  साथै ७ दिनमा सबै परीक्षण गरिएका बिरामीहरु निको भएका छन् ।  उनले दावी गर्दै भने 'हाम्रो औषधिले १०० प्रतिशत विरामी निको हुन्छन् मृत्युदर सुन्य छ ।'  पत्रकार सम्मेलनमा योग गुरु रामदेवले भने अनुसार उक्त औषधि बनाउनमा सबै स्वदेशी सामान प्रयोग गरिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी