२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनस्थलको अझै टुङ्गो लागेन

२०७७, १७ असार बुधबार ०५:१२

असार  १७, बागलुङ । कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ ।

प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यवस्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताउनुभयो । “स्थानीय तहमा शव व्यवस्थापन स्थलको खोजी र छनोट गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै टुङ्गो लाग्छ ।”

कतिपय ठाउँमा शव व्यवस्थापनलाई लिएर विवाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकामा शव व्यवस्थापनका लागि सम्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ । सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ । बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ ।

अन्य सम्भावित ठाउँको समेत कार्यदलले स्थलगत अध्ययन–अनुगमन गर्नेछ । शव विसर्जन स्थल बस्ती, मानिसको जमघट हुने धार्मिक तथा सांस्कृतिक महत्वका स्थल, खानेपानीको स्रोत आदिबाट टाढा हुनुपर्ने कार्यविधिले तोकेको छ । सकभर शवलाई जलाउनुपर्ने र गाड्नुपर्ने भए पनि चार फिट गहिरो खाल्डो खनी गाड्नुपर्ने उल्लेख छ । अन्तिम संस्कारका बेला मृतकका आफन्त बढीमा २० जना सहभागी हुन पाइने र एक मिटरको दूरी कायम गरी बस्नुपर्ने व्यवस्था छ ।

शव व्यवस्थापनको मुख्य काम भने स्थानीय प्रशासनको सहयोगमा नेपाली सेनाले गर्ने प्रजिअ एवं समितिका संयोजक सैँजूले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार उक्त कार्यमा खट्ने मानवसाधनका लागि सुरक्षा सामग्री उपलब्ध गराउन स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको उहाँको भनाइ छ ।

कोभिड–१९ का कारण हालसम्म जिल्लामा कसैले पनि मृत्युवरण गर्नु नपरे पनि आइपर्न सक्ने जस्तोसुकै अवस्थाका लागि तयारी हालतमा बस्नुपर्ने समितिको ठहर छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गए पनि कसैमा पनि गम्भीर लक्षण छैन । गत चैत १५ मा पहिलोपटक कोरोना सङ्क्रमणको घटना पुष्टि भएकामा जिल्लामा अहिले कोरोना लाग्नेको सङ्ख्या १९४ पुगेको छ । निको हुनेको सङ्ख्या २४ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय