१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहाल–नेपाल सहित सचिवालयका ६ नेताको वैठकको निष्कर्ष: ओली विरुद्ध एकजुट

१७ असार २०७७, बुधबार १६:१०

असार १७, काठमाडौँ | नेकपा सचिवालयका ६ नेताहरु ओली विरुद्ध एकजुट भएर अघि बढ्ने सहमति गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज छुट्टै वैठक बसी प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति बनाएको छ ।

बुधबारको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि झम्सिखेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको छ । नेकपाको वैठक भोली बिहीबार बस्दैछ । आजको बैठकको रणनीति भोली हुने बैठकको पुर्व तयारीको रुपमा समेत लिईएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेसंगै भोलीको वैठकले प्रधानमन्त्रीको राजिनामा माग्ने बुझिएको छ ।

उक्त वैठकले विधान अनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले पार्टीको विधानअनुसार पार्टी निर्णय नमानेमा विधानअनुसार नै अगाडि बढ्ने निष्कर्ष निकालेको छ । नेकपाको पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ । 

यसअघि ओलीको साथमा रहेको भनिएका सचिवालय सदस्य बादल पनि आजको वैठकमा सहभागी भएर ओलीले पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् । 

बुधबार सचिवालयका पाँच नेताहरुले धारणा राखेपछि वैठक स्थगित गरिएको थियो । धारणा राख्ने क्रममा पाँच नेता मध्ये चार जनाले प्रधानमन्त्रीको राजिनामा मागेका थिए । प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीको अवसरमा आफूलाई पदबाट  हटाउन भारतीय राज्य संयन्त्र र केही पार्टीभीत्रकै नेताहरु लागेको भनेका थिए, त्यस यता नेकपाभित्र ओलीको धारणालाई लिएर आलोचना भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन