साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् । 
२०८३, २७ बैशाख आईतवार
काठमाडौँ - KTM

काँग्रेस-माओवादी गठबन्धन जगबिनाको गजुर: भट्टराई

२०७३, ८ श्रावण शनिबार ०३:३६

साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् । 

एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पष्ट गरे । 

उनले काँग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको जनाए। उनले भने, 'एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहँदैन भन्ने हामीलाई थाहा छ । 

नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वाच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौँ । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौँ ।' 

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ र राजेन्द्र अर्याल, उपत्यका पेसागत बुद्धिजीवी जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको पनि भेलामा सहभागिता थियो । इलाका अध्यक्ष टङ्क पन्तले आगामी भदौ ४ गते इलाका अधिवेशन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन