२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली आफै पार्टी एकता टुटाउनमा उद्देलित !

२०७७, २१ असार आईतवार ०१:००

असार २१, काठमाडौँ | प्रधानमन्त्री ओली आफै पार्टी फुटाउन उद्देलित देखिएका छन् । केहिदिन अघि भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको र उक्त कामको सहयोग पार्टीभित्रबाटै भएको भन्दै विवादास्पद टिप्पणी दिएपछि नेकपामा बिबाद चर्किएको छ । 

बिबादका बिच नेकपाका नेताहरुले उनको प्रधानमन्त्री तथा अध्यक्ष पदबाट राजिनामा माग समेत भएको छ । यसैबीच केहिदिन अघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले दर्ता प्रकरणमा पनि ओलीइतरकै हात रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने तयारी स्वरूप उक्त पार्टी दर्ता गराउन लगाएको र उक्त पार्टी दर्ताको लागि पुगेका अधिकांश ओलीका समर्थकहरु रहेको बताइएको छ । 

नेकपा सचिवालय सदस्यहरुले राजिनामा मागेपछि सनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समेत हटाउने पार्टीभित्रको तयारी रहेको भन्दै राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको खुलाशा गरेका छन् । यो खुलाशालाई नेकपाभीत्रका नेताहरुले अर्को झुट भनेका छन् । ओलीले पार्टीभीत्र हुँदै नभएका बिषयलाई उचाल्न खोजेको एक नेताले आरोप लगाएका छन् । त्यसो त सनिबारनै ट्वीट गर्दै नेकपामा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आ–आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । उनको ट्वीटले प्रधानमन्त्रीको अभिव्यक्तिलाई इंगित गरेको छ ।

उनले लेखेका छन् – 'हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं', श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रीहरुसँग आफु र राष्ट्रपतिमाथि षड्यन्त्र हुन लागेको र राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको भनाईप्रति लक्षित गर्दै यस्तो अनर्गल झुठा प्रचार कसैलाई पनि नगर्न भनेका छन् । श्रेष्ठले राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रह गर्दै राष्ट्रपतिले समेत प्रधानमन्त्री ओलीको निराधार भनाईप्रति राष्ट्रपतिको समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु