१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटारमा ओली र प्रचण्डबीच भनाभन

२१ असार २०७७, आईतवार १७:२६

असार २१, काठमाडौँ | 'राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको' भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ?

प्रचण्ड : तपाईले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउनु भनेर छलफल गरेका हौं । अनि तपाईँले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ?

प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ ।

प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ?

प्रधानमन्त्री : त्यसो भए ६ जना किन बसेको त ?

प्रचण्ड : तपाईले अध्यादेश ल्याउन खोजेपछि बस्नुपरेन त !

छलफलमा ओलीको तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सहभागी गिए भने प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा प्रभाकर थिए ।

छलफलमा सहभागी नेताहरुले बताए अनुसार दुई नेताबीच सम्वादको सुरुवातमै भनाभनको स्थिति सृजना भएको थियो । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग ल्याउन खोजेको प्रधानमन्त्रीको दाबीमा आपत्ति जनाएका थिए ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । 

नेकपा नेताहरुले समेत अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । 

दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिसँगको भेट र त्यसपछि मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन