१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पार्टीको विवाद आपसी समझदारीमा हल गर्नुको विकल्प छैन’

२२ असार २०७७, सोमबार १४:०८

असार २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेको समस्या हल गर्नका लागि एक व्यक्ति एक पदमा जानैपर्ने हुन्छ, पार्टीभित्रको आन्तरिक विवादका बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको छ, सहमतिमा विवाद समाधान गर्न नेताहरुले प्रयत्न गर्नुपर्छ ।” 

पूर्वमन्त्री शाहले पछिल्लो समय विवाद समाधानका लागि भइरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्षद्वयबीचको वार्ताले आपसी मनमुटाब कम गर्न सहयोग पुगेको बताउनुभयो । सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने उहाँको भनाइ छ ।

अर्का स्थायी कमिटी सदस्य एनके प्रसाईले भन्नुभयो “अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन, दुनियाँ जगत्लाई हसाउनु हुँदैन ।” उहाँले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको तर प्रधानमन्त्रीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको स्पष्ट पार्नुभयो । पार्टी एकताका क्रममा गरिएको पाँचबुँदे सहमति पालना गर्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन