१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय

३० असार २०७७, मंगलवार ०७:४७

असार ३०, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।  मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति  जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको चिरकालसम्म स्मरण रहिरहने बताउनुभएको छ । 

“उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । उहाँको सङ्घर्ष, त्याग र समर्पण आगामी पुस्ताका लागि प्रेरणादायी छ । पार्टीकाा थुप्रै क्रियाकलाप तथा जनवर्गीय सङ्गठनको निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । यस दुःखद् क्षणमा आदरणीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । 

थापाले आफ्नो घरलाई २०३५ सालदेखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित सेल्टरका रुपमा प्रयोग गर्नुभएको थियो । तत्कालीन समयमा नेकपा मालेका केन्द्रीय नेताहरु उहाँको घरमा सेल्टर लिनुहुन्थ्यो । भूमिगत समयमा उहाँका घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीति बन्थे, महत्वपूर्ण निर्णय हुन्थ्यो । अनेमसङ्घको स्थापना उहाँकै घरमा भएको जनाइएको छ । थापाको सोमबार निधन भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण