२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

१ श्रावण २०७७, बिहीबार ०५:३०

साउन १, लमजुङ l। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पिडीतलाई सान्त्वना दिनुभएको छ । गत असार २९ गते सोमबार आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पु¥याएको क्षतिको बुधबार दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पिडीतलाई सान्त्वना दिनुभयो ।

सो बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन् ।  त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन् । सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ ।

यी सबै क्षत्रको स्थलगत निरीक्षण तथा पीडितहरुलाई भेट्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “दुःखमा हुनुहन्छ तपाईँहरु, तपाईँसँगै दुःखमा हामी सबै छौँ, प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।” मुख्यमन्त्री गुरुङले आवश्यक प्रक्रिया मिलाएर अघि बढ्न नगरपालिका, वडा कार्यालयलगायत सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले पहिरोपिडीतलाई भन्नुभयो, “जनतालाई समस्या भएको बेला सरकार हेरेर बस्दैन, घरजग्गा नभएकालाई बस्ने व्यवस्था तथा अन्य समस्या भएकाहरुको लागि समेत सरकारले सहयोग गर्नेछ ।” त्यस्तै प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्था गर्नका लागि दुई महिना समय लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

सरकारी मापदण्ड नहँुदा बाढीपहिरोले गाउँगाउँका घरहरुमा बढी क्षति बनाएकाले दिगोरूपमा हुने गरी मापदण्डअनुसार घरहरु तथा बस्ती बसालेमा बाढीपहिरोको जोखिम न्यूनीकरण हुने मुख्यमन्त्री गुरुङको भनाइ छ । त्यस्तै उहाँले  कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापना तदरुकताका साथ गर्नलाई कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । 

त्यस्तै मध्यनेपालका बाढीपहिरो पीडितले मुख्यमन्त्री गुरुङसामु आ–आफ्नो दुःखेसो गरेका थिए । सिमपानीका बाढीपहिरो पीडित देवी कँुवरले भन्नुभयो, “सरकार मेरो त पहिरोले गाँसबास सबै सकाएर सुकुम्बासी भएँ, भएको एउटा घर, दुई रोपनी जग्गा, एउटा लैनोभैँसी र सात बाख्रा सबै पहिरोले लग्यो, अब हजुरले सहयोग गर्नुपर्छ, यसमा हजुरको सहयोग हुने विश्वास गरेको छु”, पहिरो पीडित कुँवरले भन्नुभयो । त्यस्तै विभिन्न पहिरोपीडितहरुले मुख्यमन्त्री गुरुङसँग आ–आफ्नो कुरा राख्दै मुख्यमन्त्रीले आफूहरुको समस्याको समाधन गर्नेमा आशावादी रहेको बताएका छन् । 

बाढीपहिरो स्थलगत निरीक्षणमा पुग्नुभएका गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, सांसद मधुमाया अधिकारी, धनञ्जय दवाडी, मुख्य न्यायधिवक्ता डा राजेन्द्र घिमिरे, नीति योजना आयोगका सदस्य डा विष्णुराज बराल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, सोही नगरपालिका प्रमुख रमेशकुमार पाण्डेलगायतले जनतालाई विपद् परेको बेला सरकारले छिटो समस्याको समाधन निकाल्ने विश्वास दिलाउनुभएको थियो ।

 त्यस्तै मुख्यमन्त्री गुरुङले मध्यनेपालमा क्षतिग्रस्तस्थलको अनुगमन गर्नुअघि लमजुङ मनाङको एक मात्र बेँसीशहर–चामे सडकखण्डमा बाढीले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको थियो । गत असार २५ गते अर्थात् शुक्रबार सो सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ स्थित पुवाखोलामा बाढी आउँदा खोलामा राखिएको कल्भर्ट बगाएको थियो । ६५ किलोमिटरको लामो कञ्ची सकडको विभिन्न भागमा उक्त समयमा क्षति पुगेको थियो ।

त्यस्तै सोही समयमा अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले राहतसमेत वितरण गरेको छ । मुख्यमन्त्री गुरुङले मृतकका बुबा हर्कबहादुर र आमा कान्छी तामाङलाई  जनही रु ५० हजारका दरले साढे एक लाख हस्तान्तरण गर्नुभयो । पहिरोले एउटै परिवारका ३३ वर्षीय दीपक तामाङ, उहाँकी श्रीमती २६ वर्षीया विमाया तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको थियो । प्रदेश सरकारले बाढीपीडितको पहिले उद्धार र राहत वितरणमा लागेको प्रदेश सरकारको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य