१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड

३ श्रावण २०७७, शनिबार १२:२१

साउन ३, काठमाडौँ । आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र र शक्तिहरुबीच अन्तरविरोध हुनु आवश्यक भए पनि सबैले रुपान्तरित भएर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा र स्वास्थ्यमा क्रान्ति कसरी गर्ने भन्नेमा वर्तमान कम्युनिष्ट सरकार र ठूलो कम्युनिष्ट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहस हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, “एक जनालाई कुर्सीबाट हटाएर अर्काेलाई ल्याउनुपर्छ भन्ने मात्रै बहस छ, यस्तो बहसले कहीँ पुर्याउँदैन । मुलुकको रुपान्तरणका लागि नेकपाका लागि यो ठूलो अवसर हो, सरकारले बोलीमा मात्र नभई व्यवहारमै समाजवादोन्मुख कार्यक्रमलाई अगाडि नबढाए यो अवसर गुम्न सक्नेछ । कम्युनिष्टहरु रातो मूलाजस्तो बाहिर रातो र भित्र सेतो नभई बाहिर र भित्र पनि रातो हुने गाजरजस्तो हुनुपर्छ ।”

भाषा, संस्कृति र बजारमा सामन्तवाद र उपभोक्तावाद हाबी भइरहेको जनाउँदै श्रेष्ठले दृष्टिकोणमा ऐतिहासिक भौतिकवादी, चरित्रमा समाजवादी, व्यक्तिगत सम्पत्ति र अन्धविश्वासमा नअडिएर सामूहिकता र वैज्ञानिकतालाई मान्ने, मानव–मानवबीच भेदभाव नगर्ने र झुटो आश्वासन नदिनेलाई मात्रै कम्युनिष्ट पार्टीमा सदस्य बनाउनुपर्नेमा नेपालमा जसले पनि कम्युनिष्ट पार्टीको सदस्य पाउने स्थितिले भ्रष्ट पूँजीवादमा फसाउने उल्लेख गर्नुभयो । श्रेष्ठले विज्ञानका क्षेत्रमा धेरै विकास भए पनि लेनिनपछि माक्र्सवादी दर्शनका क्षेत्रमा कुनै विकास नभएको पनि बताउनुभयो ।

सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कृषि, शिक्षा र स्वास्थ्यमा रुपान्तरण अहिलेको आवश्यकता हो भन्दै सत्तामा रहेकाहरुको आँखा खोल्ने काम बुद्धिजीवी र प्रगतिशीलहरुको हुने भएकाले यस प्रकारको पहललाई निरन्तर राख्नुपर्ने बताउनुभयो । उहाँले धेरै ठूलो सङ्घर्षपछि झण्डै दुईतिहाइको सरकार बनेकाले यसले राष्ट्रियता र केही अन्य पक्षमा राम्रा काम गरेको र केही सुधारका काम हुन बाँकी रहेको स्थितिमा वर्तमान सरकारलाई किनारा लगाइहाल्ने सोच सही नहुने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष एवं चिन्तक गोपीरमण उपाध्यायले नयाँ संविधान जारी भएको पाँच वर्ष भइसकेको सन्दर्भमा समाजवादी ध्येयका आधारमा दर्शन, साहित्य, कला, राजनीति र सबै क्षेत्रलाई बहसमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सङ्घका महासचिव समीर सिंहले मुलुकमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? सांस्कृतिक रुपान्तरण कसरी गर्ने ? कम्युनिष्ट हुन पार्टीको सदस्य बन्नैपर्छ कि पर्दैन ? कम्युनिष्ट भएर तडकभडकयुक्त र खर्चिलो सामाजिक काम गर्ने कि नगर्ने ? नास्तिक र भौतिकवादीबीचको भिन्नता के हो ? आदि प्रश्नमा वैचारिक बहस गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन