१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार

५ श्रावण २०७७, सोमबार ०४:३४

साउन ५, इलाम। भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ । 

भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न जाने ठाउँ हो तर सीमामा चेकपोष्ट नहुँदा अवैध तवरले सामग्री आउने गरेको पशुपतिनगर भन्सार प्रमुख गजेन्द्र भट्टराई बताउनुहुन्छ । नेपाल भित्रिएको सामानको रसिद बनाइदिने भन्दा पनि कतिपय भने हतोत्साहित भएर कार्यालयमा दर्ता नै नगर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । 

“भारततर्फबाट अवैधरूपमै ल्याए पनि हाम्रोमा दर्ता गरेर लैजानुहोस्भन्दा पनि उहाँहरू मान्नुहुन्न”, भट्टराईले भन्नुभयो, “उतापट्टि भन्सार नहुँदा अवैध सामग्री आएको हो ।”

खुलेनन् छोटी भन्सार

सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका चार वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनःस्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।

इलामको हिले, बन्दुकेलगायतका भन्सार अझै स्थापित भएका छैनन् । विस्थापित कार्यालयमध्ये अहिले छब्बिसे, मानेभन्ज्याङ र तुम्लिङ पुनःस्थापित भएका छन् । कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि नेपाल–भारत सीमामा रहेको पशुपतिनगर नाका प्रभावित भएको छ । कोरोनाका कारण सीमा अवरुद्ध भएपछि भन्सारको राजस्वमा कमी आएको छ ।

कोरोनाको असर भन्सारमा

 विगतका वर्षहरूमा लक्ष्यभन्दा माथि राजस्व सङ्कलन गर्ने यस भन्सारले गत आर्थिक वर्ष २०७६/०७७ मा भने लक्ष्यभन्दा २४ प्रतिशत कम मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख भट्टराईका अनुसार भन्सार महसुलअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ८९ लाख ९४ हजार लक्ष्य रहेकोमा रु एक करोड ४४ लाख ३४ हजार ३०१ मात्र सङ्कलन भएको छ । अनुमति लिएर नेपालका सीमा वरपरका क्षेत्र घुम्न आउने सवारीबाट भन्सार महसुलअन्तर्गत रु एक करोड १९ लाख ५६ हजार ८०५ लिइएको छ । 

भन्सारबाट भित्रिने सामग्रीको मूल्य अभिवृद्धि कर(मुअक) बाट रु १४ लाख ८० हजार ८५०, कृषि अग्रिम आय करबाट रु २४ हजार ४०० राजस्व सङ्कलन भएको छ । भन्सारमा अन्य प्रशासनिक शुल्कबाट रु दुई लाख २२ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु सात लाख १३ हजार ९९२ सङ्कलन भएको छ । कार्यालय प्रमुख भट्टराईले कोरोना महामारी नआएको भए गएका वर्षहरूमा जस्तै यस वर्ष पनि लक्ष्यअनुसारकै राजस्व उठ्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै