साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्थानीय तहको पुनःसंरचनाको काम सुरु

११ श्रावण २०७३, मंगलवार ०२:३४

साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण निर्धारणका लागि सरोकारवालासँग परामर्श तथा छलफल सुरु गरेको हो । 

म्याग्दीका राजनीतिक दल, प्राध्यापक, वुद्धिजीवी, सामाजिक कार्यकर्ता र पत्रकारलाई सोमबार स्थानीय तह गठन, सिमाना, केन्द्र निर्धारणका विषयमा जानकारी गराउनुका साथै सुझाव समिति गठन भएको छ । 

राजनीतिक दल र सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिको छुट्टाछुट्टै सुझाव समिति गठन भएको हो । यसैगरी, कार्यालय प्रमुख, महिलालगायत विभिन्न समुदाय र क्षेत्रका व्यक्तिसँग पनि छलफल गरेर सुझाव लिइने प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

आयोगले म्याग्दीमा पाँचवटा स्थानीय सरकारको कोटा निर्धारण गरेको छ । कुन, कुन गाविसलाई समेटेर गाउँपालिका तथा नगरपालिका बनाउने, त्यसको नाम के राख्ने र केन्द्र कुन ठाउँमा बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गरेर निर्णय गरी आयोगलाई साउन महिनाभित्र सिफारिस गर्ने समितिले जिम्मेवारी पाएको छ । 

पहिलो चरणमा साउन १३ गतेसम्म प्रारम्भिक राय सुझाव सङ्कलन गरी सिमाना, नाम र केन्द्र रहने स्थान प्रस्ताव गर्ने समितिले दोस्रो चरणमा इलाका र गाउँस्तरमा पुगेर छलफल गर्ने योजना बनाएको छ । 

गाउँपालिका गठनका लागि हालका गाविसलाई एकवटा वडा मान्ने गरी २५ हजार जनसङ्ख्या, भौगोलिक अवस्थितिलगायतलाई आधार बनाउने र केन्द्र सिफारिस गर्दा प्रशासनिक सुगमता, पूर्वाधार आदिलाई प्राथमिकता दिनुपर्नेछ । स्थानीय तह सिफारिस गर्दा हालको गाविसलाई छुट्टाउन नमिल्ने प्राविधिक समितिको कार्यविधिमा उल्लेख छ । 

गाउँपालिका तथा नगरपालिकाको नामाकरणका लागि स्थानीय विशिष्टता झल्काउने, ऐतिहासिक, पहिचान, हिमाल, नदीनाला, प्राकृतिक स्रोत आदिलाई आधार बनाउन सकिनेछ । यसैगरी, सीमान्तकृत समुदायको बासोबास रहेको क्षेत्रलाई विशेष संरक्षित क्षेत्रका लागि सिफारिस गर्नसक्ने अधिकार समितिले पाएको छ । 

हाल म्याग्दीमा ३५ गाविस र एक नगरपालिका रहेका छन् । कुन कुन गाविसलाई मिलाएर कुन गाउँपालिका बनाउने, त्यसको केन्द्र कहाँ राख्ने, नाम के हुने भन्ने विषयले जिल्लादेखि गाउँ तहसम्म बहस सिर्जना भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे