२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाद्वारा आइसोलेसन वार्ड र भेन्टिलेटरको उचित प्रबन्ध गर्न ध्यानाकर्षण

२०७७, २० श्रावण मंगलवार १२:४०

साउन २०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको आजको बैठकमा उहाँले स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न र कोरोना सङ्क्रमणको उपचारमा अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता देखाउन सरकारलाई सुझाव दिनुभएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकमा सभापति देउवाले कोरोना रोकथाम र उपचारमा हालसम्म भएका प्रगति र कमजोरीको समीक्षा गरी स्वास्थ सामग्री खरिदमा भएको भनिएको अनियमितता सम्बन्धमा कारवाही गर्न सरकारसँग मागसमेत गर्नुभएको थियो । काँग्रेसले आरडिटी परीक्षण स्थायीरुपले अन्त्य गर्न, सम्पूर्णरुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न, मापदण्डअनुरुप क्वारेन्टिनको यथाशीघ्र व्यवस्थापन गर्न र विदेशमा अप्ठ्यारामा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टिन र परीक्षणपश्चात् घर पुर्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकमा सभापति देउवाले नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमानाका सिल गर्न, सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारका माध्यमको व्यापक उपयोग गर्न तथा परिस्थितिअनुरुप रणनीति बनाई चुस्त कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो । 

विभिन्न दल, सङ्घसंस्था र आम सञ्चारमाध्यमका सुझाव नियमितरुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात् गर्न, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्न काँग्रेसको सुझाव छ । सभापति देउवाले विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाको भावना तत्काल सम्बोधन गरी उनीहरुको जीवन रक्षा गर्न तथा वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु