१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेश सरकारद्वारा किसानको वर्गीकरण गर्ने

२५ श्रावण २०७७, आईतवार ०७:५६

साउन २५ दमौली। गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गर्न आज आयोजित कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेशामा आबद्ध रहँदै आएका किसानको वर्गीकरणका लागि प्रदेश सरकारले काम शुरु गर्न लागेको जानकारी दिनुभयो ।

भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठूला किसान र उद्यमी किसानलाई छुट्टाछुट्टै रुपमा वर्गीकरण गरिने मन्त्री थापाले जानकारी दिनुभयो । “रु चार÷लाख लगानी गर्न सक्नेलाई साना किसान, रु १० लाखसम्म लगानी गर्न सक्नेलाई मध्यम किसान, रु ५० लाखसम्म लगानी गर्न सक्नेलाई ठूला किसान तथा सोभन्दा बढी लगानी गरी रोजगारी दिन सक्नेलाई उद्यमी किसानका रुपमा वर्गीकरण गर्छौं”, मन्त्री थापाले भन्नुभयो ।

प्रदेश सरकारले कृषकलाई केन्द्रमा राखेर कार्यक्रम बनाएकाले कृषि क्षेत्रमा लगानीको अभाव नहुने मन्त्री थापाले बताउनुभयो । “किसानलाई अब लगानीको अभाव हुन्न, कृषकलाई अनुदान, सरल व्याजमा ऋण प्रवाह गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध छ, हरेक बैंकले पनि १५ प्रतिशत अनिवार्य लगानी कृषि क्षेत्रमा गर्नुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो ।

शिक्षित व्यक्ति पनि कृषि पेशामा आउनु खुशीको कुरा भएको उल्लेख गर्दै मन्त्री थापाले कृषि क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्नुभयो । कृषिमा उत्पादन वृद्धि गरी लागत घटाउन सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कोभिड–१९ बाट रोजगारी गुमाएकालाई कृषिमा रोजगारी दिन प्रदेश सरकारले रु १८ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले दूधमा अनुदान दिने व्यवस्थाले पशुपालनमा कृषकको आकर्षण बढेकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताउनुभयो । दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको थापाले जानकारी दिनुभयो ।

याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरण गरिएको जानकारी दिनुभयो । उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैह्रसदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो । गाउँपालिकाले यसअगाडि वडा नं १ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला