२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खलङ्गा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

२८ श्रावण २०७७, बुधबार ०४:१५

साउन २८, दार्चुला | दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 

यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलङ्गा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ । 

सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । 

खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताउनुभयो । “अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,” उहाँले भन्नुभयो, “छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।” 

उहाँका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । “कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।” धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताउनुभयो ।

काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले रु १८ करोड मा कालोपत्रको ठेक्का पाएको छ । 

यस्तै देथला हुँदै खार–खलङ्गा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउनुहुन्छ । “दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ”, उहाँले भन्नुभयो । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ । 

खलङ्गा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । 

अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताउनुभयो ।

उता देथला–खार–खलङ्गा सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । जीरो प्वाइन्ट मानिने कर्कलेभन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेपछि यो सडकखण्ड जीर्ण बन्दै गएको हो । यो सडकखण्डका चार/पाँच वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको स्थानीयवासी बताउँछन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडकखण्डको बीचबीचमा बग्न थाले पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । सडक कटानले ठाउँठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

दार्चुला सदरमुकाम खलङ्गालाई जोड्ने सबैभन्दा छोटो सडकको रूपमा देथला–खार–खलङ्गा सडक निर्माण शुरु गरिएको हो । यो सडक ग्वाल्लेक बज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको छ । शैल्यशिखर नगरपालिका–३ कर्कलेदेखि निर्माण शुरु गरिएको कालोपत्रे सडकखण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण सामग्री कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन् ।

ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको छ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिँदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडकखण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताउनुभयो । स्थानीयवासीले कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक विरोध गरिसकेका छन् । सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउनेजाने गरेकाले सबैमाथि शङ्का उब्जेको चन्दले बताउनुभयो ।

निर्माण कम्पनीका साइट इन्जिनीयर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाएको परिमाणसबै सिद्धियो । इस्टिमेटमा भएको परिमाणभित्र रहेर मात्र कम्पनीले काम गर्ने हो ।” केही ठाउँमा आरसीसी र पर्खाल निर्माण गर्ने कार्य मात्र बाँकी रहेको भुषालले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालयले भने नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको जनाएको छ । पानीले कालोपत्रेलाई क्षति पुर्याएको छ । कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सिर्जना भएको हो । बिग्रिएको र टुटफुट भएको सडकखण्ड पुनः निर्माण गर्न लगाउने धानुक बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो