साउन ११, काठमाडौँ  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ 
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मर्माहत

११ श्रावण २०७३, मंगलवार ११:४१

साउन ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही दिनदेखि देशका विभिन्न भागमा आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबाट आफू अन्यन्तै मर्माहत भएको बताउनुभएको छ । 

बाढी पहिरोको कारण विपत्तिमा परेकाहरुको उद्धारका लागि प्रशासन र सबै सुरक्षा अङ्गलाई निर्देशन दिइसकेको प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस संयोजक चेतन अधिकारीद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले यस दुःखको घडीमा विपत्तिमा परेकाहरुको उद्धार तथा राहातमा जुट्न सम्पूर्ण सङ्घ, संस्था र नागरिकमा सहयोगी हात बढाउनसमेत आग्रह गर्नुभएको छ । सरकारले आपत्तकालीन उद्धारका लागि देशका विभिन्न ठाउँमा हेलिकप्टर तैनाथ गरेको र सुरक्षा निकायलाई पनि उच्च सतर्कता साथ राखेको प्रधानमन्त्रीले जनाउनुभएको छ । 

बाढी पहिरोमा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिइसकिएको प्रेस नोटमा उल्लेख छ । 

प्रधानमन्त्रीले यस प्राकृतिक विनासको कारणले ज्यान गुमाएकाहरुमा श्रद्धान्जलि एवम् घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहातका कार्य एवम् घाइेतको उपचारमा सरकारका तर्फबाट सम्भव सबै स्रोत, साधन र उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य