२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकताका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी निर्वाचन आयोगमा दर्ता !

२०७७, ३ भाद्र बुधबार १५:१५

भदौ ३, काठमाडौँ | दुई बर्षअघि २०७५ जेठ ३ गते 'नेकपा एमाले र नेकपा माओवादी केन्द्र' मिलेर पार्टी एकीकरण गरे । तर त्यसको दुई बर्षमै उही नाममा दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । 

बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको हो । 

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न 'उदाउँदो सूर्य' रहेको छ । 

एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लगाइएको थियो । नवगठित नेकपा (एमाले)मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्र यसअघिनै दर्ता 

यसअघि २०७६ मै गोपाल किरातीको अध्यक्षतामा नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता भएको थियो । गत असोज ९ गते निर्वाचन आयोगबाट नेकपा माओवादी केन्द्रलाई पुरानै चुनाव चिन्ह 'गोलाकार भित्र हसिया हथौडा' समेत दिएको थियो । गत मङ्सिरमा भएको उपनिर्वाचनमा २१ दलले निर्वाचनमा भाग लिन पाउने सूचना निकालिएको थियो, जसमा माओवादी केन्द्रको नाम २१ नम्बरमा थियो । 

बुधबार दर्ता भएको नेकपा एमालेमा नेकपाका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएपनि नेकपा माओवादी केन्द्रमा भने एकता अघिनै एकतामा जान नचाहेका नेता गोपाल किरातीसहित अन्य नेताहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु